खजुरा गाउँपालिकाद्वारा बिपन्न जेष्ठ नागरिकलाई ब्लेङ्केट बितरण

खजुरा गाउँपालिकाद्वारा बिपन्न जेष्ठ नागरिकलाई  ब्लेङ्केट बितरण

खजुरा १५ माघ : लगातारको लामो शीतलहर चलेसँगै बाँकेको खजुरा गाउँपालिकाले पालिकाका बिपन्न जेष्ठ नागरिकलाई न्यानो ब्लेङ्केट वितरण गरेको छ । 

पालिकाका ८ वटै वडाका ब्बिपन्न जेष्ठ नागरिकलाई पालिकाले ब्लेङ्केट वितरण गरेको हो ।

वडा कार्यालयको सिफारिसमा– ८ वटा वडाका एक सय १० जेष्ठ नागरिकलाई न्यानो ब्लेङ्केट वितरण गरिएको खजृुरा गाउँपालिकाले जनाएको छ । 

जेष्ठ नागरिकसँग पालिका अध्यक्ष कार्यक्रम अन्तर्गत ब्लेङ्केट वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए ।

ब्लेङ्केट वितरण गर्दै खजुरा गाउँ पालिकाका अध्यक्ष डम्बर बिक ‘तुफान’ले तराईको चिसो र लगातारको सीतलहरबाट जेष्ठ नागरिकलाई जोगाउन न्यानो सिरक वितरण गरिएको बताए । 

उनले पालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको जनाउँदै जेष्ठ नागरिक प्रति स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

Duduwa Tato hawa Bachau Image

जेष्ठ नागरिकहरुलाई पालिका प्रमुख बिक, उपाध्यक्ष मञ्जु मल्लले ब्लेङ्केट हस्तान्तरण गरेका थिए ।