छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण
- | राजनीति | अपराध–घटना
- १४ माघ २०८१, सोमवार
- नेपाखबर
धनगढी १४ माघ : कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् ।
४० वर्षीया सरस्वती बिकलाई आईतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।
घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा विकलाई बाघले आक्रमण गरेको थियो । बिकलाई उपचारको लागि लम्की ल्याउने तयारी गरिएको छ । उनको अवस्था भने खतरामुक्त रहेको छ ।





0 Comments