खजुरा बहुउद्देश्य सभाहल बारे भ्रमपूर्ण प्रचार नगर्न अध्यक्ष तुफानको आग्रह

खजुरा बहुउद्देश्य सभाहल बारे भ्रमपूर्ण प्रचार नगर्न अध्यक्ष तुफानको आग्रह

नेपालगन्ज १३ माघ : बाँकेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक ‘तुफान’ले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन् । 

उनले उक्त सभाहलको ठेक्का आव्हान गर्दा, ठेक्का सम्झौता गर्दा देखि पटक–पटक म्याद थप गर्दा समेत बहुउद्देश्यीय सभाहल बाहेक अन्य कुनै नाम गाउँपालिकाको अभिलेखमा नरहेको समेत जानकारी दिए । 

२०७६ बैशाख १७ गतेको ठेक्का आह्वान गर्दा बहुउद्देश्यीय सभा हल भनेर नामकरण गरेको, २०७६ बैशाख २४ गते ठेक्का सम्झौताको आशय सूचनामा बहुउद्देश्यीय सभा हल नै भनेर नामकरण गरिएको उनको भनाई छ ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

२०७७–७८ को सातौँ गाउँ सभामा थप बजेट सुनिश्चित गर्दा २०७७ असार २५ गते पास हुँदा समेत खजुरा बहुउद्देश्यीय सभा हल निर्माण भनी बजेट बिनियोजन भएको गाउँपालिकाको अभिलेखमा रहेको उनको भनाई छ ।  

यही माघ १० गतेका दिन उद्घाटन भएको सभाहलको नाम खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिएसँगै नेकपा एमालेले विज्ञप्ति निकालेर विरोध जनाएको थियो । एमालेले सो सभाहलको मदन भण्डारी सभाहल नाम राख्न समेत माग गरेको छ । 

Duduwa Tato hawa Bachau Image

खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक ‘तुफान’ले खजुराको पहिचान हुने गरि खजुरा बहुउद्देश्य सभाहल नामकरण गरिएको भन्दै तथ्यहीन र विरोधका लागी विरोध नगर्न आग्रह गरेका छन् ।