‘स्टेज क्वीन’ज्योेतिले दर्शक तताइन्

आईतबार नायक पल शाह आउँदै
‘स्टेज क्वीन’ज्योेतिले दर्शक तताइन्

नेपालगन्ज १२ माघ : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा गायिका ज्योति मगरले दमदार प्रस्तुती दिइन् । नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको तेस्रो दिन शनिबार हजारौं दर्शकमाझ गायिका मगरले दर्जन बढी गीत गाएकी थिइन् । 

उही मूलाका सिन्की..., कालो गए गोरो आउँछ..., चानचुने त...लगायतका गीत गाउँदा दर्शक दीर्घाले निकै हुटिङ गरेका थिए । गीत गाउँदा गाउँदै उनले महिला अधिकारको पनि वकालत गरिन् । 

महिला र पुुरुषको समान इज्जत भएको भन्दै पुरुषले धोखा दिँदा आत्महत्या गर्ने वा रुन नहुने बताइन् । उनले विवाहित महिलालाई घरमा राम्री भए पुरुषले अन्त आँखा नलगाउने तर्क गरिन् ।

उनले भनिन,–‘घरमा बुढालाई पनि भाँडा माझ्न लगाउनुस् । आफू चिटिक्क परेर बस्नुस् । पर्फूम घसेर बस्नुुस् । महिला व्युटिफूल भए पुरुषले अरु महिलालाई आँखा लगाउँदैनन् ।’

जोति मगरपछि प्रस्तुती दिएका गजल गायक थानेश्वर गौतमले ज्योतिको प्रशंशा गर्दै भनेका थिए, ‘स्टेज क्वीन ज्योतिजीले दर्शकलाई तताएर जानु भयो ।’ गायक गौतमको पनि दमदार प्रस्तुती थियो । खान्न भाउजु मस्यौरा...,बेचेर सपना..., छुट्नलाई त रैछ क्यारे ...लगायतका गजल गाएका थिए । उनी स्टेजबाट तल ओर्लेर दर्शकदिर्घा र आयोजकलाई नचाएका थिए । 

हास्यव्यङ्ग्य कलाकार दमन रुपाखेतीले पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्डलगायतको क्यारिकेचर गरेर हस्साएका थिए । 

महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार शनिबार निकै नै उत्साहजनक उपस्थिति रहेको बताए । उनले अब हरेक दिन दर्शक संख्या बढ्ने दाबी गरे । उनी भन्छन्,‘हामीले रेडकार्पेट विछ्याएर स्वागत गरेका छौं । प्यागौडा शैलीका स्टल पनि निकै आकर्षक र व्यवस्थित छन् । सूचना प्रविधिका ३० वटा र थारु गाउँका १० वटा स्टल छन् । चर्चित कफिसप र रेष्टुरेन्टले पनि महोत्सवमा रौनकता थपेका छन् ।’   

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको चौथो दिन आइतबार नायक पल शाह, लोकगायिका शान्तिश्री परियार र थारु÷आधुनिक गायिका अन्नु चौधरीको प्रस्तुती हुनेछ । 

तेस्रो दिन पनि एकल नृत्य प्रतियोगिता र विभिन्न जातीय पहिचानका सांस्कृतिक कार्यक्रम भएको थियो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शुक्रबार जिल्लाका थप सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँके, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह आयोजक नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र सहकार्य क्यान महासंघ बाँके शाखासँग भएको छ । 

महोत्सवमा मुख्य प्रायोजक के.एल. दुगड गु्रप, उप–मुख्य प्रायोजक कृषि विकास बैंक, सह–प्रायोजक ओमोडा जेकेव रहेका छन् । त्यसैगरी महोत्सवको प्रायोजक राष्ट्रिय वाणिज्य बैंक, ग्लोवल आइएमइ बैंक, सिद्धार्थ बैंक लि., एनसेल, शिखर प्लाइ, डल्फीन ग्रुप रहेका छन् । 

Duduwa Tato hawa Bachau Image

पर्यटन सहकार्य बाँके राष्ट्रिय निकुञ्ज, इन्टर स्कुल डान्सिङ स्टार प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स नेपालगन्ज, अफिसियल इन्सुरेन्स नेको इन्सुरेन्स कारकाँदो शाखा, अफिसियल बैंक एभरेष्ट बैंक, टिकट प्रायोजक बिवाइडी, हस्पिटालीटी कलपत्रु होटल प्रा.लि. नेपालगन्ज रहेका छन् । नेपालगन्ज उप महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ, राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिका महोत्सवको प्रर्बद्धक छन् । 

एभिन्युज टेलिभिजन र जी नेपाल एचडी टेलिभिजन पार्टनर, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगन्ज र कालपृष्ठ दैनिक, रेडियो पार्टनर कृष्णसार एफ.एम. र सोसल मिडिया पार्टनर टीभी कृष्णसार र नेपालगन्ज ग्यालरी रहेका छन् ।