खजुरामा दश हजार नेता कार्यकर्ता उतार्दै माओबादी

खजुरामा दश हजार नेता कार्यकर्ता उतार्दै माओबादी

नेपालगन्ज ७ माघ : नेकपा माओबादी केन्द्रले आगामी माघ १० गते खजुरामा १० हजार नेता तथा कार्यकर्ता उतार्दैछ । माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको अवसरमा दश हजार नेता तथा कार्यकर्ताको सहभागिता हुने प्रेस सेन्टर नेपालका अध्यक्ष चन्द्र बहादुर बोहराले बताए ।

अध्यक्ष बोहराका अनुसार माओबादी केन्द्र खजुरा गाउँपालिकाको तेस्रो पालिका अधिबेशनमा पूर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को उपस्थिती रहेनछ ।

खजुरा बजारमा रहेको दुर्गा मन्दिर परिसरमा हुने उक्त सभालाई पूर्व प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेकोछ ।

सभालाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न यतिबेला बाँके माओबादी सिंगो पार्टी पंक्ति ब्यापकरुपमा अघि बढेको प्रेस सेन्टर बाँकेका अध्यक्ष एवम खजुरा गाउँपालिकाका प्रेस सल्लाहकार समेत रहेका बोहराले जानकारी दिए । 

‘माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको उद्घाटन शत्रको अवसरमा आयोजाना गरिने खबरदारी सभालाई सम्बोधन गर्न खजुरा गाउँपालिकाका ५ हजार बढी तथा जिल्लाका अन्य पालिकाका तीन हजार बढी गरि १० हजार नेता तथा कार्यकर्ताको उपस्थिती हुनेछ’ अध्यक्ष बोहराले बताए । उनका अनुसार १० गते प्रचण्ड नेपालगन्ज आउनेछन् । सभामा उपस्थित अघि नेपालगन्ज विमानस्थलमा पत्रकार सम्मेलन समेत गरिनेछ ।

माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले अध्यक्ष प्रचण्ड आउने कार्यक्रमलाई व्यवस्थित गर्न गत बिहिवार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समितीको अनौपचारीक बैठकले बिभिन्न उपसमितीहरु निर्माण गरेर तयारीको काम अगाडी बढाएको जानकारी दिए । 

खजुरा बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिने खवरदारी सभा लाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, लुम्बिनी प्रदेशका ईन्चार्ज एंव सचिव चन्द्र प्रकाश खनाल बलदेव, सहईन्चार्ज एंव लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री कुलप्रसाद केसी ‘सोनाम’, अध्यक्ष सुर्दशन बराल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र खजुरा गाँउपालिकाका अध्यक्ष राजकुमार बिकले जानकारी दिए । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

खबरदारी सभा अधि प्रचण्डले जनयुद्धका शहिद परिवार अन्र्तक्रिया गर्ने र जनता माबि सन्तकुटीमा रहेको त्यस क्षेत्रका शहिदहरुको शालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको छ । 

खबरदारी सभा अघि बिभिन्न जातजाति भाषा भाषीको झाकी निकालेर खजुरा बजारको परिक्रमा गरिने अध्यक्ष बिकले जानकारी दिए । माओवादी केन्द्रले विजय हाँसिल गरेका स्थानीय तहहरुलाई नमुना पालिकाको रुपमा बिकास गर्ने निती लिएको माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले खजुरा क्षेत्रको समग्र बिकास बारे स्थानीय अगुवा समाजसेबीहरुसंग पनि अन्र्तक्रिया गर्ने कार्यक्रम रहेको उनले बताए । 

खजुरा गाँउपालिकामा माओवादी केन्द्रले गाँउपालिका अध्यक्ष सहित बहुमत कार्यपालिका छ । खजुर गाँउपालिकालाई समाजवादी मोडेलको नमुना पालिका बनाउने गरि काम भई रहेको गाँउपालिका अध्यक्ष डम्बर बिक ‘तुफान’ले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

यसैबीच, माओवादी केन्द्र खजुरा गाँउपालिकाको तेस्रो पालिका अधिबेशनको तयारीका विषयमा मङ्गलबार तीन बजे पत्रकार सम्मेलन गरिदैँछ । खजुरा गाउँपालिका वडा नम्बर– १ स्थित पार्टी कार्यालयमा हुने उक्त पत्रकार सम्मेलनमा सहभागिताका लागि प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बहादुर बोहराले आग्रह गरे ।