आजदेखि अमेरिकामा टिकटक चल्न छाड्यो

आजदेखि अमेरिकामा टिकटक चल्न छाड्यो

नेपालगन्ज ६ माघ : अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टा अघि नै बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिरहेका छन् । 

यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानूनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताहरूले टिकटकलाई एप स्टोरबाट पनि हटाइएको र भिडियोहरू टिकटक डट कममा नदेखिएको बताए । 

टिकटकले भनेको छ, ‘हामी भाग्यमानी छौँ कि ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः शुरु गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत पाएका छौं।’ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् । 

Duduwa Tato hawa Bachau Image

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो। टिकटक यस प्रतिबन्धबाट बच्न सक्छ। तर त्यसको मूल कम्पनी बाइटडान्सले अमेरिकामा कसैलाई आफ्नो कम्पनी बेच्नुपर्छ । यसबीच एलन मस्कले खरिद गर्ने चर्चा पनि सुरु भएको थियो । तर, बाइटडान्सले टिकटक नबेच्ने कुरा पटक पटक दोहो¥याउँदै आएको छ ।