डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीबारे छलफल

डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीबारे छलफल

नेपालगन्ज ६ माघ : डिजिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मक पहलको आवश्यकता रहेको नेपागन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।

‘सण्डे क्लब’लाई निरन्तरता दिदैँ क्रियाशिल पत्रकार महिला बाँकेले आईतबार नेपालगन्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटर्फममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताए । उनले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्ने बताए ।

कार्यक्रमा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पुर्वअध्यक्ष उमा थापामगर चन्दले पत्रकार महिलाहरुले डिजिटल प्लेटफर्मको प्रयोग गर्दे आफूलाई दक्ष बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याइन् ।

उनले पत्रकारिता गरिरहँदा देखिएका चुनौतीहरुलाई समाधान गर्दै डिजिटल प्लेटफर्मको प्रयोग गरेर सञ्चार जगतमा पनि राम्रो संभावना रहेको बताइन । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले समस्याभित्र संभावना खोजेर अगाडि बढ्नुको बिकल्प नरहेको बताउँदै डिजिटल मिडिया अहिलेको जल्दोबल्दो बिषय भएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली, समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल, अवधि पत्रकार संघ बाँकेका अध्यक्ष प्रह्लाद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतको सहभागिता रहेको थियो । 

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

कार्यक्रमा डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौतीका बिषयमा बरिष्ठ पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गरेका थिए ।

उनले डिजिटल मिडियामा सहभगिता बढ्दै गएको अवस्थामा यसलाई भरपर्दो र सत्यतथ्यमा आधारित बनाउनुपर्ने कुरामा जोड दिए । विश्वमा यसको प्रयोग बढेको र रुचाइएकोले पत्रकारिता क्षेत्रमा पनि यो सुहाउँदो र छरितो भएको धारणा राखे । क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्लब अन्र्तगत आईतबार नयाँ कार्यसमिति निर्वाचित भइसकेपछि पहिलो कार्यक्रम गरेको हो । 

Duduwa Tato hawa Bachau Image

यसपछाडी सण्डे क्लब अन्र्तगत ब्यक्ति विशेष सफलताका कथामा आधारित भएर गर्ने क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले जानकारी दिइन् । उनले डिजिटल मिडियामार्फत सूचनामुलक सामाग्रीहरु प्रशारण गर्न सकिने भएकाले यसतर्फ पत्रकार महिलाहरुलाई आकर्षित गर्दै सशक्त बनाउने उद्देश्यअनुसार कार्यक्रम गरिएको बताइन् ।