डा.कनोडियालाई संजिवनी कलेजको सिइओको जिम्मेवारी
- | नेपाखबर | स्वास्थ्य
- ५ माघ २०८१, शनिवार
- नेपाखबर
नेपालगन्ज ५ माघ : नेपालगन्जस्थित संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को जिम्मेवारी डा. नितश कनोडियाले पाएका छन् ।
संजिवनी कलेज अफ मेडिकल साइसेन्सले डा.कनोडियालाई सिइओको जिम्मेवारी प्रदान गरेको हो । प्रालिले माघ मसान्तभित्र आवेदन दिन पाउनेगरी विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टार्फ नर्सलगायत करिव ९ सय जनशक्ति माग गरेको छ । तीन सय शैया अस्पताल सञ्चालनका लागि उक्त जनशक्ति माग गरिएको संजिवनीले जनाएको छ ।
तत्कालीन नेपालगन्ज मेडिकल कलेजको नाम परिवर्तन गर्दै उक्त अस्पताललाई व्यवस्थापन पक्षले संजिवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि कायम गरिएपछि लर्डबुद्ध एजुकेशनल लिमिटेडका सहायक निर्देशकको जिम्मेवारीमा रहेका डा.कनोडियालाई संजवनीको कार्यकारी अधिकृतको पनि जिम्मेवारी प्रदान गरिएको हो ।





0 Comments