नरैनापुरमा निजामति कर्मचारी युनियनको प्रारम्भिक एकाई गठन
नेपालगन्ज ४ माघ : बाँकेको नरैनापुर गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियनको प्रारम्भिक एकाई गठन गरिएको छ ।
नरैनापुर गाउँपालिकामा कार्यरत भरत महत्तोको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा करम चौधरी र मुकद्धर अलि मुकेरी, सचिव मकवुल अहमद मुकेरी, सहसचिवमा राम वालक पासवान र कोषाध्यक्षमा राकेश तिवारी रहेका छन् ।
यसैगरी सदस्यहरुमा नरुद्धिन खाँ, रामसुन्दर यादव, लक्ष्मी गुरुङ, लक्ष्मी रावत, मनोज तमोली, दाताराम यादव, सिराज दर्जी, सियाराम धोबी, सुरज श्रीवास्तव, रियाज खाँ र रामजस यादव रहेका छन् ।
सो क्रममा नरैनापुर गाउँपालिका वडा नम्बर–१ का वडाअध्यक्ष एवम् नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य ईसाक जोलाहा, वडा नम्बर–५ का वडाअध्यक्ष एवम् काँग्रेस महासमिति सदस्य कृष्णचन्द्र मौर्य, वडा नम्बर–४ का वडाअध्यक्ष मनोजकुमार शर्मा लगायत अतिथीहरुको उपस्थिती रहेको थियो । यसअघि नविन बुढाक्षेत्रीको अध्यक्षतामा एकाई समिति रहेको थियो ।





0 Comments