मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- | नेपाखबर | अपराध–घटना
- २३ पुष २०८१, मङ्गलवार
- नेपाखबर
नेपालगन्ज २३ पुष : बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–६ का १९ वर्षीय टोपेन्द्र बुढाको मंगलबार दिउँसो मृत्यु भएको हो ।
गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे १३ प ४३०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मधुवन नगरपालिका–४ हुलाकी सडक गम्मका चोक स्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुँदा मोटरसाइकल सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि बर्दिया अस्पताल पु¥याईएको थियो ।
उपचारको क्रममा बुढालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए । उनका अनुसार मृतक बुढा मोटरसाइकलको पछाडि सवार थिए ।
मोटरसाइकल चालक बाँके राप्तीसोनारी गाउँपालिका–१ का ३४ वर्षीय छत्र बहादुर बिष्टलाई थप उपचारको लागि बाँके पठाइएको डिएसपी मगरले जानकारी दिए ।





0 Comments