‘मेडिकल कलेजका कर्मचारीको मानवता विरोधी आन्दोलन’

‘कर्मचारीको माग तत्काल पुरा गर्न सकिदैन’ व्यवस्थापक
‘मेडिकल कलेजका कर्मचारीको मानवता विरोधी आन्दोलन’

नेपालगन्ज १० पुष : नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले बार्गेनिङका साथ राखिएको माग मानवता विरोधी भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले जनाएकोछ । 

तलब वृद्धि लगायतका विभिन्न माग राख्दै गत मंसिर २६ गतेदेखि मेडिकल कलेजका कर्मचारी आन्दोलित छन् । कर्मचारीको आन्दोलन चर्किदै जादाँ ब्यवस्थापन पक्षले मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनीहरुको माग तत्काल पुरा गर्न नसकिने प्रष्ट्याउँदै उक्त कुरा बताएको हो ।

आन्दोलनरत नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले अनावश्यक र अपत्यारिलो वातावरण सिर्जना गरेको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले जनाएकोछ ।

आन्दोलनरत कर्मचारीका कारण बन्द भएको ओपडी सेवाका कारण दिनहुँ ७ देखि ९ सय जनाले सेवा लिनबाट बञ्चित रहेको एकेडेमीले जनाएकोछ । स्वास्थ्य जस्तो गम्भीर र संवेदनशील क्षेत्रलाई पूर्णरुपमा प्रभावित गर्दै स्वास्थ्यको अधिकारबाट सर्वसाधरणलाई बञ्चित गराउने काम तत्काल बन्द गर्न एकेडेमीका सिइओ सन्तोष कुमार बीएनले बताए । 

पछिल्लो ८ महिनायता व्यवस्थापनमा हामीले धेरै परिर्वतन ल्याएका छौं । कर्मचारीले राखेको माग लगभग सबै पुरा गरिसकेका छौं । तरपनि तलब बृद्धि लगायतको माग राखि कर्मचारी आन्दोलित हुँदा अपरेशन तथा फ्लोअपमा आउने विरामी प्रभावित बनेकाछन्’ सिइओ सन्तोषले भने–‘६ पटक हामी वार्ता बसिसकेका छौं । त्यही तलब बृद्धिको अंकुश लगाएर उहाँहरु आन्दोलित हुनुभएकोछ । हामीले पटकपटक आग्रह गर्दा पनि उहाँहरु अनावश्यक र अपत्यारिलो वातावरण सिर्जना गरिरहनुभएकोछ ।’

‘हामी उहाँहरुको माग सम्बोधन गर्न तत्पर छौं । आगामी आर्थिक वर्षदेखि आर्थिक आपसी छलफल र सहमतीमा लागु गर्छौं तर, २०७६ सालदेखि हालसम्म कम्पनी २९ करोड ३५ लाख घाटामा छ त्यो पनि त बुझिदिनुपर्छनी’ सिइओ सन्तोषले बताए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अबरोध गर्न उचित नहरेको र यो मानवताविरोधी कार्य भएकाले यसले नेपालगन्जसहित देशभर गलत सन्देश प्रभाह भएको एकेडेमीका उपनिर्देशक तथा एचआर प्रमुख श्यामकुमार शर्माले बताए । 

‘हामी कर्मचारीको अहितमा छैनौं, नयाँ व्यवस्थापन आएदेखि व्यवस्थापकीय पक्षमा कडाई भएकोछ । संस्थागत विकासका लागि यो ठिक हो तर त्यही व्यवस्थापकीय पक्षबाट रुष्ट भएका ८–१० कर्मचारीका कारण यो अवस्था सिर्जना भएको हो’ एकेडेमीका उपनिर्देशक तथा एचआर प्रमुख श्यामकुमारले अगाडी थपे–‘आन्दोलनरत कर्मचारीले श्रमशोषण गरेको आरोप लगाउनु भएकोछ । तर उहाँहरुलाई स्वयम श्रमशोषण के हो थाहा छैन । कम्पनीले उहाँहरुलाई राम्रो तलब सेवा दिइरहेको छ नै ।’

‘वार्ता र सहमतीबाटै निकास निस्कन्छ । आन्दोलनरत कर्मचारीहरुले त्यो बुझिदिनुपर्छ । उपचारका लागि टाढा–टाढाबाट आउनेहरु फर्किरहनुभएकोछ  । कुनैपनि कुरा नीतिसम्मत राख्नुप¥यो नी । काम गर्ने मान्छे नै बाहिर बसेपछि कसको के लाग्छ’ पत्रकार सम्मेलनमा एकेडेमीका उपनिर्देशक तथा एचआर प्रमुख श्यामकुमारले भने ।

Nepalgunj_Bahal_Kar_bebasai_darta Image

कम्पनीले नेपाल सरकारले तोके अनुसार कर्मचारीलाई तलब दिइरहेको दाबी गरेको छ । ‘उहाँहरुले राखेको ७ बुँदे मागमा रहेको ५४ उपबुँदा छ । त्यो मध्ये ५२ वटा त पुरा भइसकेकोछ’ श्यामकुमारले बताए । 

कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब, भत्ता, सेवा र सुविधाप्रति हामी सजग रही उपलब्ध गराईरहेका छौं । अहिले साढे ८ करोड मासिक तलबमा खर्चछ भइरहेको छ । थोरै तलब बृद्धि गर्दा पनि वार्षिक करोडौं आर्थिक भार पर्छ । यसरी पहिलेनै घाटामा रहेको कम्पनी झन धरासयी हुँदा उहाँहरुको माग तत्काल पुरा हुन सक्दैन’ उनले बताए । 

अस्पताल जस्तो सम्वेदनशील क्षेत्रमा अवरोध गर्न उचित नरहेको र मानवता विरोधी कार्य समेत भएकाले यस्ता क्रियाकलाप नगरी आफ्ना बन्दका कार्यक्रम फिर्ता लिन उनले आग्रह गरे । कर्मचारीले तालाबन्दी गर्दा शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा दैनिक करिव ८ सय जना बिरामीहरु स्वास्थ्य सेवाबाट बञ्चित हुन पुगेको शर्माले बताए ।

Duduwa Tato hawa Bachau Image

मेडिकल कलेजलाई विगत ८ महिनादेखी नयाँ ब्यवस्थापनले सञ्चालनको जिम्मा लिएको छ । सञ्चालन गरेको एक वर्ष नपुग्दै कर्मचारीले अनावश्यक रुपमा मागहरु राखेर ब्यवस्थापन पक्षसँग निहुँ खोजेको उनीहरुको आरोप छ । नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरेर १५ सय ५० जना कर्मचारी कार्यरत छन् ।