सोल्टीमा ‘न्यु एयर इभ–२०२५’

सोल्टीमा ‘न्यु एयर इभ–२०२५’

नेपालगन्ज ८ पुष : अग्रेजी नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले आयोजना गर्न लागेको ‘न्यु एयर इभ–२०२५’ मा गायक एकदेव लिम्बु र कलाज्ञको मूख्य प्रस्तुती रहने भएको छ ।

आयोजक सोल्टीले पत्रकार सम्मेलन गर्दै आगामी पुष १६ गते साँझ हुने कार्यक्रमको सुरुवातमा महिला सांगीतिक समुह ‘स्त्री ब्याण्ड’ को प्रस्तुती, मध्यमा एकदेव लिम्बु र कलाज्ञ ब्याण्डको प्रस्तुती र अन्त्यतिर ‘डिजे पोंचिभो’ ले नेपालगन्जका दर्शकलाई मनोरञ्जन गराउने जनाएको छ ।

नेपालगन्जलाई सबैतिर चिनाउन र नेपालगन्जमा पनि राम्रो कार्यक्रम हुन्छ भन्ने सन्देश दिनको लागि पनि आफूहरुले सधैं चर्चित र नेपालगन्ज नआएका कलाकारलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गर्ने गरेको सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका जनरल म्यानेजर राजविक्रम शाहले बताएका छन्  ।

साँझ ६ बजेबाट शुरु भएर मध्यरात १२ बजेसम्म चल्ने कार्यक्रममा सहभागि हुनको लागि सिङगल टिकटको मुल्य रु १,४९९/- राखिएको छ । सोही दिन डोर सेलमा भने उक्त टिकटको मूल्य रु २५,००/- हुनेछ । जसमा ३३० एमएलको बियर अथवा सफ्ट ड्रिङग्स पाईनेछ ।

१० वर्ष भन्दा कम उमेरका बालबालिकाहरुको लागि प्रवेश निःशुल्क गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

न्यु एयर इभ कार्यक्रमको सञ्चालन प्रतीकजंग शाही र प्रेरणा गिरीले गर्नेछन् । फुड स्टलतिर बस्ने व्यवस्था भएपनि कन्सर्ट हुने स्थलमा भने बस्ने व्यवस्था नहुने आयोजकले स्पष्ट पारेको छ ।

न्यु एयर इभमा त्यससँगै डोर प्राइज, लाइभ बार एण्ड फुड काउण्टर, फायरवर्क लगायतका सुविधा रहने कार्यक्रम संयोजक आकाश कुँवरले जानकारी दिए ।

Duduwa Tato hawa Bachau Image

कार्यक्रममा आजसम्म ३०० टिकट बिक्रि भइसकेको र करिब ६०० जना दर्शकको उपस्थिती रहने सोल्टी वेस्टण्ड प्रिमियरका मानव संशाधन प्रमुख खम्बजंग शाहले बताएका छन् ।