गैरकानूनी रुपमा नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ

गैरकानूनी रुपमा नेपाल प्रवेश गर्ने चिनियाँ नागरिक पक्राउ

नेपालगन्ज ११ मंसिर : गैरकानूनी रुपमा भारत हुँदै नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शुद्धोधन गाँउपालिका– ५ घिराउजोतबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीका अनुसार भारतीय सीमाबाट नेपालतर्फ गैरकानूनी रुपमा भारतको सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षीय अवबाज शेषले गाईड गर्दै ल्याएका दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा २३ वर्षिय लिगुईएन्वुई र ३५ वर्षिय एक्सटीयो रहेको उनले बताए । पक्राउ परेका लिगुईएन्वुईसँग चिनियाँ पासपोर्ट रहेको र एक्सटीयो सँग चिनियाँ पासपोर्ट नभएको अधिकारीले बताए । 


लिगुईएन्वुईको साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनीका मोबाइल, चौध हजार सात सय पचास भारतीय रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।


Duduwa Tato hawa Bachau Image

गैरकानूनी रुपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागी सामानसहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।