नेपालगन्जको वसन्त मल्ल चोकबाट दश लाख बढीको अवैध सामान बरामद

नेपालगन्जको वसन्त मल्ल चोकबाट दश लाख बढीको अवैध सामान बरामद

नेपालगन्ज १९ असार : भारतबाट अवैध रूपमा तस्करी गरेर राजस्व छली ल्याएका १० लाख भन्दा बढीको अवैध सामान बरामद भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका–२१ वसन्त मल्ल चोक नजिकैबाट वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले बुधबार बिहान ५ बजे विभिन्न कम्पनीका मोबाइल ग्लासहरूसहित दुई वटा मोटरसाइकल र तीन वटा साइकल गरेर अन्दाजी १० लाख पाँच हजारको अवैध सामान बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । 

यो पनि ठूलो मात्रामा भन्सार छलीको लत्ता कपडासहित सुनिल पक्राउ

प्रहरी टोलीलाई देख्ने बित्तिकै भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा भित्र्याइएका सो सामान छाडेर तस्करहरू भागेपछि बेवारिसे अवस्थामा प्रहरीले उक्त सामान फेला पारेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीले बताए ।

प्रहरीले बरामद गरेका सामानहरूमा आठ लाख ९६ हजार रुपैयाँका विभिन्न कम्पनीका नौ हजार २८० पिस मोबाइल ग्लास, पचास हजार रुपैयाँको भे १ प ४७६५ नम्बरको सुपरस्पिलिन्डर मोटरसाइकल र पचास हजार रुपैयाँकै युपि ४० एएन ९२०२ नम्बरको टिभिएस मोटरसाइकल तथा नौ हजार रुपैयाँका तीन वटा साइकल रहेको वडा प्रहरी प्रमुख बिसीले बताए । उनले बरामद गरिएका सबै सामानलाई थप कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए ।



Duduwa Tato hawa Bachau Image