मतदाताको घरदैलोमा पुगेर आशीर्वाद लिदैँ सुमन मल्ल
नेपालगन्ज २६ माघ : बाँके निर्वाचन क्षेत्र नम्बर–३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानलाई तीव्रता दिएकाछन् । निर्वाचन आचरसंहिताभित्र रहेर मल्ल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुको घरघर पुगेर आशिर्वाद लिइरहेकाछन् ।
मल्ल जहाँ–जहाँ पुग्छन्, उनलाई अबिर माला सहित मतादाताहरुले आशिर्वाद दिनेको संख्या उत्तिकै बढी छ । एमालेले बाँके क्षेत्र नम्बर–३ मा युवा नेताका रुपमा परिचित सुमन मल्लले टिकट पाएसंगै सो क्षेत्रका मतदाता उत्साहित बनेका छन् ।
नतिजामुखी कार्य गर्न गर्ने मल्ल यसअघि खजुरा गाँपालिका वडा नम्बर १ को वडा अध्यक्ष हुँदा विकासप्रेमीको पर्यावाचीका रुपमा परिचित बनेका थिए । वडा अध्यक्ष भएर जनताको काम र मन जितेका मल्ल यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा खजुरा गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेस र तत्कालिन नेकपा माओबादीबीचको चुनावी समिकरणका कारण मल्लले हार ब्यहोर्नु परेको थियो ।
नमुना वडाको बिकास मोडेल अब क्षेत्र नम्बर–३ ले पाउने भन्दै स्थानीयहरु हर्सित बनेका छन् । भेटघाटका क्रममा उम्मेदवार मल्लले समेत हाम्रो क्षेत्र हामिले नै बनाउने भन्दै यो चुनाव आफ्नो नभएर आफ्ना मतदाताको भएको बताउदै आएका छन् ।
उम्मेदवार मल्लले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएपछि यतिबेला बाँके क्षेत्र नम्बर–३ मा मल्लको पक्षमा ठूलो जनलहर आएको नेकपा एमालेको दावी छ ।
यो पनि बाँके क्षेत्र नम्बर-३ मा एमालेको फाइनल उम्मेदवार सुमन मल्ल
पछिल्ला दिनहरुमा बाँके क्षेत्र नम्बर ३ को खजुरा गाउँपालिका, जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको टोलमा पुग्दा स्थानीयले मल्ललाई स्वाग गर्दै माला अबिर सहित आशिर्वाद र शुभकामना दिन भिड लाग्ने गरेको छ ।
यसअघि नेपाल उत्पीडित जातीय मुक्ति समाजले खजुरामा आयोजित दलित अगुवाहरूको भेलाले दलित समुदायको हक, अधिकार र एजेण्डा नेकपा एमालेको नेतृत्वमा मात्रै अघि बढ्न सक्ने निष्कर्ष निकाल्दै एमाले उम्मेदवार मल्ललाई सहयोग गर्न सम्पूर्ण दलित समुदाय तथा मतदातामा अपील गरेको थियो ।
भेलामा मुक्ति समाज केन्द्रिय सल्लाहकार परिषद्का अध्यक्ष नन्द विश्वकर्माले दलित समुदायको हकहितका पक्षमा एमालेले स्पष्ट नीति लिएको उल्लेख गर्दै आगामी निर्वाचनमा दलित समुदायको रोजाइ एमाले भएको बताए ।
त्यस्तै, खजुरा गाउँपालिकाका पूर्व उपाध्यक्ष एकमाया विकले क्षेत्र नम्बर– ३ का दलित समुदाय आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाउन एकजुट भएको बताइन् ।
कार्यक्रममा क्षेत्र नम्बर–३ का विभिन्न वडाबाट दलित अगुवाहरूको सहभागिता रहेको मुक्ति समाज बाँकेका अध्यक्ष लिलबहादुर नेपालीले जानकारी दिए ।





0 Comments