एनएमबी बैंकद्वारा मावि भाटनपूर्वालाई सिलिङ फ्यान सहयोग

एनएमबी बैंकद्वारा मावि भाटनपूर्वालाई सिलिङ फ्यान सहयोग

नेपालगन्ज २५ साउनः बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ भाटनपूर्वा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई एनएमबी बैंक कारकाँदो शाखाले सिलिङ फ्यान प्रदान गरेको छ । 

सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उक्त विद्यालयलाई सिलिङ फ्यान प्रदान गरेको हो ।

विद्यालय अध्ययन गर्न आउने विद्यार्थी तथा शिक्षकहरुलाई सितलता प्राप्त होस् भन्ने उद्देश्यका साथ १० थान सिलिङ फ्यान  प्रदान गरिएको एनएमबी बैंकले जनाएकोछ ।

विद्यालयका प्रध्यानाध्यापक अयोध्या प्रसाद अहिरलाई सिलिङ फ्यान प्रदान गरेको एनएमबी बैंकका कारकाँदो शाखाका बिजनेश डेभलपमेन्ट मेनेजर दिपक नागले जानकारी दिए । 

विद्यालयलाई सिलिङ फ्यान प्रदान गर्नेक्रममा एनएमबी बैंकका बरिष्ठ विजनेस डेभलपमेन्ट मेनेजर हंसबहादुर धामी, एरिया मेनेजर युवराज पाठक, शाखा प्रबन्धक प्रविन श्रेष्ठ, कारकाँदो शाखाका बिजनेस डेभलपमेन्ट दीपक नागकोे उपस्थिती रहेको थियो । 

Duduwa Tato hawa Bachau Image