ढकेरी स्कुल बसको ठक्करबाट स्थानीय गोविन्द ओलीको मृत्यु, बस ड्राइभर फरार

बसले १३ खसीबाख्रा कुल्चेर मार्‍यो, स्थानीद्वारा राजमार्ग बन्द
ढकेरी स्कुल बसको ठक्करबाट स्थानीय गोविन्द ओलीको मृत्यु, बस ड्राइभर फरार

नेपालगन्ज २४ साउन : कोहलपुर नगरपालिका वडा नम्बर–१२ चप्परगौडी स्थित ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको ठक्करबाट एक जना युवाको मृत्यु भएकोछ भने १३ वटा खसीबाख्रा मरेकाछन् । 

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ स्थित ढकेरी सडक खण्ड अन्तर्गत झिझिरी खोलाको ओरालोमा ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको बसले कुल्चिदाँ गोविन्द ओलीको घटनास्थलमै मृत्यु भएको हो । स्कुल बसले किच्दा ओलीसँगै १३ वटा खसीबाख्रा मरेका छन् । 

कोहलपुर नगरपालिका वडा नम्बर–१२, चप्परगौडीको ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले सडकमा हिँडिरेका ओलीसहित खसीबाख्रालाई पछाडीबाट कुल्चदै अघि बढेको थियो ।

ज्ञानकुञ्ज स्कुलको उक्त बसले कोहलपुरको चप्परगौडीबाट ढकेरी बिद्यार्थी छाड्न गएको बेला ढकेरी पुग्नु अगावै झिझिरी खोलाको ओरालोमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी नारायण डाँगीले जानकारी दिए । 

बसले युवकसहित खसीबाख्रालाई ठक्कर दिएर केही पर पुगेपछि बस ड्राइभरले बस रोकेर भागेको डिएसपी डाँगीले बताए । उनका अनुसार बसमा सवार सबै विद्यार्थीहरु सकुसल रहेकाछन् । 

स्कुल बसको ठक्करबाट ओली र खसीबाख्राको मृत्यु भएपछि स्थानीयबासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । दुर्घटनामा मृत्यु भएका गोविन्द ओली राप्तीसोनारी गाउँपालिका वडा नम्बर–९ खैरीका स्थानीयबासी हुन् ।

डिएसपी डाँगीका अनुसार घटनाको अनुसन्धान अघि बढेकोछ । घटना स्थलबाट शव व्यवस्थापन गरि राजमार्ग खुला गर्ने कार्य भएको छ । भने ज्ञानकुञ्ज इग्लिस बोर्डिङ स्कुलसँग समन्वय गरेर ड्राइभरलाई सम्पर्कमा ल्याउने प्रयास अघि बढेकोछ । 

Duduwa Tato hawa Bachau Image