राप्तीसोनारीको गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण

राप्तीसोनारीको गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण

नेपालगन्ज ७ साउन : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर–६ स्थित सदावहार सामुदायिक वनको गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा गरिएको छ ।

विभिन्न संघसंस्था, स्थानीयबासी र राप्तीसोनारी गाउँपालिका वडा नम्वर–६ को आर्थिक सहयोगमा वडा नम्वर–६ स्थित सदावहार सामुदयिक वनको गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी शिव पार्वतीको प्राण प्रतिष्ठा गरिएको हो । 

वडा अध्यक्ष लवराज खरेलले गाईलेक डाँडामा त्रिपुरेश्वर मन्दिर निर्माण गरी प्राण प्रतिष्ठा गरिएको जानकारी दिँदै यसलाई वडामै मुख्य पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने लक्ष्य लिइएको बताए । 

Duduwa Tato hawa Bachau Image

वडाले एक लाख, विभिन्न संघसंस्था र स्थानीयबासीको गरी करीब ७ लाख लगानीमा मन्दिर निर्माण गरिएको वडा अध्यक्ष खरेलले जानकारी दिए । एक वर्ष अगाडिदेखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो ।