भ्यानको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, तीन घाइते

भ्यानको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, तीन घाइते

नेपालगन्ज १३ फाल्गुन : नेपालगन्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बेलासपुर स्थित सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर संजय सिलवालको घरको आंगनभित्र छिर्दा ६ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले बताए । 

दुर्घटनामा घर मालिक ४३ वर्षीय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय संजीव सिलवाल घाइते भएका छन् । उनीहरु घर बाहिर आंगनमा बसिरहेका थिए । घाईते तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । 

Duduwa Tato hawa Bachau Image

भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारु र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेकोछ ।