स्थानीयद्वारा वन्यजन्तुबाट हुने क्षति रोक्न माग
- | नेपाखबर | अपराध–घटना
- १२ फागुन २०८१, सोमवार
- नेपाखबर
नेपालगन्ज १२ फाल्गुन : बाँकेको राप्ती सोनारी गाउँपालिका–७ मा मनव वन्यजन्तु द्वण्द्व न्यूनिकरण तथा व्यवस्थापन असमझदारी सम्बन्धी सुझाव संकलन, जैविक विविधता संरक्षण सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
पूर्व मन्त्री तथा उक्त क्षेत्रका सांसद कृष्णा केसी ‘नमुना’को प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो ।
डिभिजन वन कार्यालय बाँके र राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा विकासको लागी हाम्रो प्रयास नेपाल बर्दियाले कार्यक्रमको आयोजना गरेको थियो ।
उपस्थित स्थानीय बासिन्दाहरुले वन्यजन्तुले क्षति पुर्याएको खण्डमा कसरी राहत पाउने, वन जंगलमा सुरक्षाका लागी तारजाली लगाउनुपर्ने, जंगली जनावरको प्रयाप्त आहारको व्यवस्था गनुपर्ने लगायतका सुझाव दिएका थिए ।
पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सांसद नमुनाले राष्ट्रिय वनको क्षेत्र वरिपरि भएका मानव बस्तीमा जंगली जनावरले क्षति पुर्याएको विषयमा राज्य गम्भीर हुँदै र्दीघकालिन समस्या समाधानतर्फ अगाडी बढनुपर्ने बताइन ।
कार्यक्रममा वडा नम्बर–७ का वडा अध्यक्ष रामलखन थारु, राप्ती सव डिभिजन वन कार्यालय प्रमुख रामगणेश साह, अन्य जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो ।





0 Comments