पौडी खेल्न गएका नेपालगन्जका दाहाल डुडुवा नदीको बाढीमा बेपत्ता

पौडी खेल्न गएका नेपालगन्जका दाहाल डुडुवा नदीको बाढीमा बेपत्ता

नेपालगन्ज २४ असार : नेपालगन्जका एक युवक डुडुवा खोलामा डुबेर बेपत्ता भएकाछन् । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर उनी बेपत्ता भएका हुन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० का ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुडुवाको बाढीमा डुबेर बेपत्ता भएको बाँके प्रहरीले जनाएकोछ । 

आईतवार साँझ करीब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका दाहाल डुबेर बेपत्ता भएका हुन् ।

सशस्त्र प्रहरी बल–३० नम्बर गण हेडक्वाटर बाँकेको गोताखोरले बेपत्ता भएका दाहालको खोजी कार्यलाई तीव्र पारेकोछ । सोमवार बिहानदेखि खोजी कार्यलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी विमल डाँगीले बताए ।

दाहालको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिई नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजीकार्य भइरहेकोछ ।

खोजी कार्यमा जुटेको सशस्त्र प्रहरीलगायतको संयुक्त टिमले मोटरबोट र विशेष प्रशिक्षित गोताखोर डुडुवा नदीमा परिचालन गरेर बेपत्ता दाहालको खोजी गरिरहेको जनाएको छ । यो समाचार तयार पार्दासम्म डुडुवामा बेपत्ता भएका दाहाल भेटिएका छैनन् ।

Duduwa Tato hawa Bachau Image