धम्बोझी माविलाई एनएमबी बैंकद्वारा २३ थान सिलिङ फ्यान प्रदान

धम्बोझी माविलाई एनएमबी बैंकद्वारा २३ थान सिलिङ फ्यान प्रदान

नेपालगन्ज २ असोज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१, धम्बोझी स्थित धम्बोझी माविलाई एनएमबी बैंकले सिलिङ फ्यान प्रदान गरेको छ । 

सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकले उक्त विद्यालयलाई सिलिङ फ्यान प्रदान गरेको हो । 

अत्यधिक गर्मीबाट विद्यालय अध्ययन गर्न आउने विद्यार्थी तथा शिक्षकहरुलाई शितलता प्राप्त होस् भन्ने उद्देश्यका साथ २३ थान सिलिङ फ्यान प्रदान गरिएको एनएमबी बैंकले जनाएकोछ । 

एनएमबी बैंकका बरिष्ठ क्षेत्रीय प्रबन्धक युवराज पाठकले विद्यालयका प्रध्यानाध्यापक बामदेव सुवेदीलाई सिलिङ फ्यान प्रदान गरेको एनएमबी बैंक विपी चोक शाखाका प्रबन्धक बिराज गौतमले जानकारी दिए । 

विद्यालयलाई सिलिङ फ्यान प्रदान गर्नेक्रममा एनएमबी बैंकका वरिष्ठ क्षेत्रीय प्रबन्धक पाठकसंगै बरिष्ठ विजनेस डेभलपमेन्ट मेनेजर हंसबहादुर धामी, सहायक विजनेस डेभलपमेन्ट मेनेजर वीरेन्द्र चौधरी, विपी चोक शाखाका प्रबन्धक बिराज गौतमको उपस्थिती रहेको थियो ।

Duduwa Tato hawa Bachau Image