प्रकाशमान प्रधानन्यायाधीशमा सिफारिस

प्रकाशमान प्रधानन्यायाधीशमा सिफारिस

नेपालगन्ज १ असोज : संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन् । नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाइ पनि गर्नुपर्ने प्रावधान छ । 

Duduwa Tato hawa Bachau Image