प्रधानमन्त्रीसँग भेटेपछि निर्वाचनमा जान सबै दल तयार
नेपालगन्ज १२ पुष : आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।
आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
यो पनि मतदाता नामावली प्रकाशित : ९ लाख १५ हजार ११९ ले वृद्धि
बैठकपछि नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। काँग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
यो पनि पहिलो पटक राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरूबीच छलफल : निर्वाचन सफल बनाउने समझदारी
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरे ।





0 Comments