बाँकेको अगैयासहित लुम्बिनी प्रदेशमा थपिए २४ मतदानस्थल
नेपालगन्ज २२ मंसिर : बाँकेको अगैयासहित लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएकाछन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका हुन् ।
प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् । नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदानस्थलको सङ्ख्या एक हजार छ सय ७४ र मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ रहेको छ ।
लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँची जिल्लामा सात वटा मतदानस्थल थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
उनका अनुसार मतदाता बढी भएका क्षेत्र र मतदान गर्नका लागि टाढा जानुपर्ने ठाउँमा मतदाताको सहजताका लागि जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिस अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा २४ वटा नयाँ मतदानस्थल थप गरेको बताए ।
सूचना अधिकारी कुँवरका अनुसार दाङमा छ वटा, गुल्मीमा चार वटा, प्यूठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघा सुस्ता पश्चिम) जिल्लामा एक÷एक वटा मतदानस्थल थपिएका छन् ।
जिल्लागत थपिएका मतदानस्थल
सूचना अधिकारी कुँवरका अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. १ स्थित सरस्वती मावि आमडाँडा, पाणिनी गाउँपालिका–३ को सरस्वती भवन राष्ट्रिय मावि हर्बाबोट, शितगंगा नगरपालिका–११ धर्माेदय मावि ढुंगेशेरा, वडा नं. ११ कै दुम्सी आधारभूत विद्यालय दुम्सी, ताराज्योति आधारभूत विद्यालय दोबाटा, शितगंगा नगरपालिका–१ को मसीवान आधारभूत विद्यालय रहेका छन् ।
यसैगरी, दाङको बबई गाउँपालिका–१ को जनकल्याण भांगावारी, दंगीशरण गाउँपालिका–७ को रात्री आधारभूत विद्यालय सिमठाना, बंगलाचुली गाउँपालिका–३ को मावि भेडावारी मुलावासी, राजपुर गाउँपालिका–६ स्थित बालकल्याण मावि खङ्ग्रानाका, राप्ती गाउँपालिका–५ को जनता मावि करङ्गे र लमही नगरपालिका–४ स्थित वडा कार्यालय नयाँ मतदानस्थलका रुपमा थपिएका छन् ।
गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका–१ को बलिथुम नरहरी कंडेल मावि, मुसिकोट नगरपालिका–१ को वडा कार्यालय सेवा केन्द्र सिम्ले, सत्यवती गाउँपालिका–६ को वडा कार्यालय, प्यूठानको ऐरावती गाउँपालिका–१ को जनप्रिय प्रावि माझीदमार, स्वर्गद्वारी नगरपालिका–६ को झुपाकोट प्रावि थापाखर्क थपिएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ नविन औद्योगिक कदरबहादुर रीता मावि देवीनगर, कपिलवस्तुको बुद्धभुमी नगरपालिका–६ को सरस्वती आधारभूत विद्यालय लक्षमणपुर, बाँकेको राप्तीसोनारी गाउँपालिका–२ को नेपाल राष्ट्रिय मावि अगैँया र नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–४ को पाल्ही भगवती प्राविमा नयाँ मतदान थपिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।





0 Comments