स्वस्तिका अटोले गर्दै ‘नेपालगन्ज एक्सचेन्ज महोत्सव’

स्वस्तिका अटोले गर्दै ‘नेपालगन्ज एक्सचेन्ज महोत्सव’

नेपालगन्ज २२ वैशाख : स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वक्र्सले ‘नेपालगन्ज एक्सचेन्ज मेला’ सञ्चालन गर्ने तयारी गरेको छ । बाँकेको गनापुरस्थित आफ्नै शोरुम परिसरमा यही यही बैशाख २६ र २७ गते मेला सञ्चालन गर्न लागेको हो ।

मेलामा फोर्ड, सिट्रोन, लिपमोटर, काई र जेएसी लगायत ब्राण्डको गाडीसँग कुनै पनि अन्य कम्पनीका पुरानो गाडी एक्सचेन्ज गर्न सकिने स्वस्तिका अटो एण्ड इन्जिनियरिङ वक्र्सका प्रबन्ध निर्देशक निरन्जन राजभण्डारीले सोमबार पत्रकारमाझ जानकारी दिए । 

उनका अनुसार स्वस्तिका अटो पश्चिम नेपालमा विश्व प्रतिष्ठित ब्राण्ड फोर्ड, सिट्रोन, लिपमोटर, काई र जेएसीको स्थानीय वितरक हो ।

‘एकै छानामुनि पाँच वटा ब्राण्डलाई ग्राहकले एक्सचेञ्ज गर्न पाउनु हुनेछ,’ उनले भने । करिव डेढ दशकदेखि नेपालगन्जमा अटो मोबाइल व्यवसाय गर्दै आएको स्वस्तिका अटोले एउटै छातामुनि धेरै प्रकारका ब्राण्ड बिक्री वितरण र साटफेर गर्ने नयाँ सोंच अगाडी सारेको हो ।

Duduwa Tato hawa Bachau Image

राजभण्डारीले भने, ‘एउटै छातामुनि धेरै प्रकारका ब्राण्ड भेट्दा ग्राहकहरुलाई छनोटमा सहज हुने हामीले अपेक्षा गरेका छौं, हामीले आफ्नै जमिनमा अत्याधुनिक भौतिक पुर्वाधार संरचना निर्माण गरी शोरुम र सर्भिसिङ सेन्टर खोलेर सेवा प्रदान गरिरहेका छौं, यसले पनि हामीप्रति आम मानिसको विश्वास आर्जन भएको छ ।’ नेपालगन्जलाई केन्द्र बनाएर आसपासका जिल्लामा समेत सेवा दिंदै आएको स्वस्तिका अटोले ग्राहकको सन्तुष्टी नै आफ्नो पहिलो प्राथमिकता रहेको जनाएको छ ।