यस्तो छ ओली सरकारका मन्त्रीहरूको वरीयताक्रम

यस्तो छ ओली सरकारका मन्त्रीहरूको वरीयताक्रम

नेपालगन्ज १ साउन : नेकपा (एमाले)का अध्यक्ष समेत रहेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली देशका ४५औँ प्रधानमन्त्री बनेका हुन् । सोमबारै उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार, प्रधानमन्त्री ओलीपछि मन्त्रिपरिषद्को दोस्रो वरीयतामा नेपाली काँग्रेसका तर्फबाट नेतृत्व गरेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह छन् । वरीयताको तेस्रो नम्बरमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल छन् ।

त्यसपछि क्रमशः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव छन् ।

हेरौं ओली सरकारका मन्त्रीहरूको वरीयताक्रम

१. केपी शर्मा ओली – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

२. प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास

३. विष्णु पौडेल – उपप्रधान तथा अर्थ

४. पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि

५. रमेश लेखक – गृह

६. शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

७. आरजु राणा – परराष्ट्र

८. प्रदीप यादव – खानेपानी

९. बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 

१०. दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

११. नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

१२. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात

१३. तेजुलाल चौधरी – युवा तथा खेलकुद

१४. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

१५. अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

१६. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१७. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास

१८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

१९. मानवीर राई – रक्षा

२०. दीपक खड्का – ऊर्जा, जलस्रोत तथा सिँचाइ

२१. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

२२. ऐनबहादुर शाही – वन तथा वातावरण


Duduwa Tato hawa Bachau Image