Date: March 25, 2019

Category: मनोरन्जन

विवादपछि रोजी फेर्दै रोज

काठमाडौं । निरक पौडेलले निर्देशन गरेको चलचित्र ‘रोजी’ को नाम परिवर्तन गरिएको छ । आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको नाम ‘रोज’ राखिएको निर्देशक पौडेलले जानकारी दिए । काठमाडौं १५ बस्ने गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग ‘रोजी’ को कथा मिलेको भन्दै नाम नराखिदिन […]

८ भदौमा ‘रेनी’ आउने

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘रेनी’ ८ भदौदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले प्रचार प्रसारलाई तिब्र बनाएको छ । गिरिश रिजाल ‘समीप’ ले निर्देशन गरेको यो चलचित्रलाई विमला मल्ल र संजिव मल्लले निर्माण गरेका छन् । चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित, दीपक ढकाल, निर्देशक गिरिशका साथै नवनायिका सनम […]

मेरी मामुको पोस्टर सार्वजनिक

काठमाडौं । यम थापाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘मेरी मामु’ को पोस्टर सार्वजनिक गरिएको छ । १५ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रले प्रचार–प्रसारका लागि तयार पारेका केही पोस्टर मंगलबार निर्माण पक्षले सार्वजनिक गरेको हो । पोस्टरमा बालकलाकार अयुव सेनलाई देखाइएको छ । आशुसेन फिल्मस्को चौथो प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सन्तोष सेनले […]

‘मिस्टर भर्जिन’ को मोफसल सकियो

काठमाडौं । गत सोमबारदेखि सुरु भएको चलचित्र ‘मिस्टर भर्जिन’ को मोफसल टुर सम्पन्न भएको छ । पोखराबाट सुरु भएको मोफसल टुर बुटवल, चितवन, हेटौंडा, धरान, बिर्तामोड, दमक हुँदै चलचित्र टिम काठमाडौंआइपुगेको छ । चलचित्रको प्रचार–प्रसार गर्ने लक्ष्यका साथ गरिएको मोफसल टुरपछि राजधानीका लगनखेल, नयाँ बसपार्क लगायतका क्षेत्रमा मंगलबार सांगीतिक कार्यक्रम गरिन लागिएको चलचित्र टिमले जनाएको […]

नाटकमा कर

काठमाडौं । सरकारले ल्याएको कर प्रणाली बारेमा नाटकका पात्रले गरेको व्यंग्य यतिवेला अनामनगरस्थित मण्डला थिएटरमा देख्न सकिन्छ । ‘सकेको तिरौला नत्र फिरिमा’ मञ्चन भइरहेको नाटकमा कलाकारले महँगीको मारमा परेका जनताको पेटबोलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । हास्यप्रधान नाटक निकै रमाइलो र जनपक्षीय रहेको छ । अहिले देशमा दोहोरो करप्रणालीका बारेमा उठिरहेको प्रसंगलाई नियालेर हेर्ने […]

‘गुनगुन’ को आइटममा चन्दा

काठमाडौं । पुकार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘गुनगुन’ मा समावेश गरिएको आइटम गीत सार्वजनिक भएको छ । ‘किस मिस’ बोलको गीतमा चन्दा दाहाल आइटम गर्लको रूपमा प्रस्तुत भएकी छन् । कमल पौडेलको शब्द, महाराज थापाको संगीत रहेको गीतमा सुनिता कार्कीको स्वर रहेको छ । कलाकार पुकार भट्टराईको निर्माणमा तयार भएको यो चलचित्रको प्रचार सामग्रीका रूपमा […]

‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक

काठमाडौं । गायक डेबिट शंकर र विन्दु परियारको स्वरमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको यस गीतलाई सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रायःजसो कलाकारको अभिनय छ । अभिनेता दीपकराज गिरी र दिपाश्री निरौलाको संयुक्त प्रस्तुति […]

जाह्न्वीको पारिश्रमिक चर्चा

मुम्बई । बलिउडकी नवनायिका एवं चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जाह्न्वीको पहिलो चलचित्र ‘धडक’ ले यतिवेला भारतीय बक्सअफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । यो चलचित्रले प्रदर्शनको तेस्रो दिनसम्म ३३ करोडभन्दा बढीको कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरूका अनुसार यस चलचित्रले छिट्टै ५० करोडमाथिको कमाई गर्ने अनुमान गरेका छन् । चलचित्रको सफलतासँगै जाह्न्वीले […]

विवादमा ‘कथा काठमाडौं’ को गीत

काठमाडौं । चलचित्र ‘कथा काठमाडौं’ मा रहेको ‘रातका कुरा’ बोलको गीतको भिडियोलाई युट्युबले ‘एज रेस्ट्रिक्टेड भिडियो’ श्रेणी दिएको छ । संगीता श्रेष्ठले निर्देशन गरेको यो चलचित्रको उक्त गीतको भिडियो रिलिज भएपछि युट्युबले यो श्रेणीमा राखेको हो । गायिका इन्दिरा जोशीको आवाज रहेको ‘रातको कुरा’ बोलको गीतमा प्रदीप बास्तोलाको शब्द तथा संगीत छ । भिडियोमा केही […]

विवादमा सन्नीको बायोपिक

मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर ः द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ पछिल्लो समय विवादको घेरामा फसेको छ । चलचित्रमा कसरी करनजीत कौर नामक केटी सन्नी लियोनी बनेर पोर्नस्टार बनिन् र पछि बलिउडमा चर्चामा आइन् भन्ने विषयलाई देखाइएको छ । एक पोर्नस्टारले बलिउडमा तहल्का मच्चाएको विषयमा बनेको यो चलचित्रको […]

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा