Date: March 25, 2019

नेपाल रग्बी संघलाई एसियाको पूर्ण सदस्यता

१३ श्रावण २०७५, आईतवार १५:४२

काठमाडौं । नेपाल रग्बी संघले एसियन रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको छ । काजखस्तानको एस्टनामा आइतबार काउन्सिलको बैठकले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिए । संघका महासचिव चेतनराज गिरीले याे सफलताले  समग्र नेपाली रग्बीलाइ विकास गर्न उत्प्रेरणा मिलेकाे विश्वास व्यक्त गरे । नेपाली  पछिल्लो समय नेपालले रग्बी खेलको गरेको विकास र दिर्घकालीन योजनाका आधारमा रग्बी एसियाले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको संघका सचिव गोविन्द घिमिरेले जानकारी दिए ।

एसियाली रग्बीको बैठकमा सहभागी हुन काजकस्तानमै रहेका संघ अध्यक्ष घिसिङले काउन्सिलका पूर्ण सदस्य राष्ट्रलाई धन्यवाद दिँदै नेपालमाथि थप जिम्मेवारी थपिएको प्रतिक्रिया दिए । बैठकमा अध्यक्ष घिसिङ र कोषाध्यक्ष विजय मोक्तानले नेपालको प्रतिनिधित्व गरेका थिए । उक्त बैठकमा संघ अध्यक्ष घिसिङले नेपालको वर्तमान अवस्था र भावी रणनीति बारेमा रिपोर्ट प्रस्तुत गरेका थिए ।

उनले भने ‘वर्तमान अवस्थामा विश्वमा निकै लोकप्रिय हुँदै गइरहेको रग्बीमा हामी पूर्ण सदस्य हुन सफल भएका छौँ । यो सफलता नेपाली रग्बी परिवार र सम्पूर्ण खेलकर्मीको साथ सहयोगले भएको हो । आगामी दिन हामी यो सफलतालाई विकासमा परिणत गर्नेछौँ ।’ राष्ट्रिय खेलकुद परिषद् ३७औँ नम्बरमा दर्ता भएको रग्बी संघले एसिया रग्बीमा पूर्ण सदस्यता प्राप्त गर्ने १८औँ राष्ट्र बन्यो ।

काउन्सिलको बैठकमा नेपाल र सिरिया गरी थप २ राष्ट्रले पूर्ण सदस्यताका लागि प्रस्तुत गरेको थियो । पूर्ण सदस्यतासँगै नेपालले एसिया रग्बीबाट प्राविधिक सहयोग प्राप्त गर्नेछ । नेपा  समाचार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा