Date: March 25, 2019

तेक्वान्दो टोली अस्ट्रेलिया प्रस्थान

१० श्रावण २०७५, बिहीबार १६:१७

काठमाडौं । शनिबारदेखि अस्ट्रेलियामा सुरु हुने गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । कुल ५ सदस्यीय नेपाली टोलीको नेतृत्व काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा घिसिङले गर्नेछन् ।

आगामी २९ जुलाईसम्म हुने प्रतियोगिताको टिम व्यवस्थापकमा पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् । उक्त च्याम्पियनसिपमा सितु सिंह मास्के र अभिनव शाक्यले पुम्से र ग्यरोगी दुवै विधातर्फ चुनौती प्रस्तुत गर्नेछन् ।

जुनियरतर्फ सितुले ४० केजीमुनि तौलसमूह र अभिनवले पनि ४० केजीमा नेपालको तर्फ बाट चुनौती प्रस्तुत गर्नेछन् । यङचेन शेर्पाले जुनियर पुम्सेतर्फ प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई ह्वाइटफिल्ड स्कुलका भाइस प्रिन्सिपल पारस श्रेष्ठ र समाजसेवी अञ्जना सिंह मास्केले बिदा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा