Date: March 25, 2019

काव्य फुटबल टोली शुक्रबार नर्वेतर्फ जाने

१० श्रावण २०७५, बिहीबार ०५:०३

काठमाडौं । नर्वेको राजधानी ओस्लोमा शनिबारदेखि आयोजना हुने नर्वे कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिन जाने काव्य स्कुलका फुटबल टोलीलाई बिदाई गरिइएको छ । नयाँबानेश्वरस्थिती आफ्नै प्राङ्गणमा विद्यालयले खेलाडी टोलीलाई बुधबार बिदाई गरेको हो।

काव्य स्कुलबाट नर्वे कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भाग लिएको यो दोस्रोपटक हो । गतवर्ष पनि काव्य स्कुल टोली नर्वे गएको थियो । नर्वे सरकारको आयोजनामा हुन लागेको ‘ए’ सेभेन साइड फुटबल प्रतियोगितामा जुनियर फुटबल एसोसियन नेपालको तर्फबाट १० सदस्यीय नेपाली टोली शुक्रबार विहान नर्वे जाँदै छ ।

नेपाली टोलीको नेतृत्वमा जुनियर फुटबल एसोसियसन (जेएफए) का संस्थापक अध्यक्ष तथा काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्का रहेका छन् । उक्त टोलीलाई जेएफएका प्रमुख प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले प्रशिक्षण गर्नेछन् । ८ सदस्यीय खेलाडीमा ओम दाहाल, प्रसुन निरौला, सञ्जय खत्री, विपेश बुढाथोकी, सनुप श्रेष्ठ, क्षिनीत भट्टराई, प्रयुस खड्का र इशान गौतम छन् ।

टोलीलाई राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), शिक्षा मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतम, काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा निर्देशकद्वय प्रेमराज अर्याल र दिलीप थापाले टीका र खादा लगाएर बिदाई गरेका थिए । आगामी ५ अगस्टसम्म सञ्चालन हुने प्रतियोगितामा करिब सय राष्ट्रको सहभागिता रहनेछ ।

शनिबार पहिलो दिन टोलीले नर्वेसँग लिग खेल खेल्ने काव्य स्कुल टोलीका प्रमुख प्रशिक्षक क्षेत्रीले बताएका छन् । त्यसपछि नकआउट खेल हुनेछ । काव्य स्कुलका विद्यार्थीले सो प्रतियोगितामा २ वटा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै ओस्लोमा आयोजना हुने कम्प्युटर तथा शिक्षासम्बन्धी प्रदर्शनीमा भाग लिने बताइएको छ ।

जुनियर फुटबल एकेडेमीका संस्थापक अध्यक्ष रिजन खड्काले गत वर्ष पनि काव्य स्कुलका खेलाडीले नर्वे कपमा राम्रो प्रदर्शन गरेको बताउँदै यसपटक सो लय दोहोरिने विश्वास व्यक्त गरे । काव्यका टोलीले त्यसअघिका वर्षमा अमेरिकाको फ्लोरिडा, थाइल्यान्डको बैंकक र ताइवानमा जुनियर फुटबल खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा