Date: March 25, 2019

फसे की फसाइए पूर्वमन्त्री शेरबहादुर !!

९ श्रावण २०७५, बुधबार ०३:४०

‘म मेरो पदभन्दा पनि प्रतिष्ठानको खातिर काम गर्ने व्यक्ति भएकाले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताको आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा पेस गर्न गइरहेको छु‘

काठमाडौं । कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा पढिरहेका छात्रामाथि गरेको आफ्नै अभिव्यक्तिका कारण आलोचित बनेका मन्त्री तामाङले सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् ।

घोषणा गरेलगत्तै पत्रकार सम्मेलनमै राजीनामा पत्रमा हस्ताक्षर गरी प्रधानमन्त्री कार्यालय पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् । बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरूको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दबाबमा परिरहेका उनले राजीनामा दिएका हुन् ।

उनले आफू पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने व्यक्ति भएकाले नैतिकताको आधारमा राजीनामा दिएकोसमेत स्पष्ट पारे । बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने हाम्रा केही छोरीहरू हिंसामा परेको कुरा सुनेपछि म आफैँ स्तब्ध भई बोल्ने क्रममा त्यो कुरा बोलेको भन्दै उनले बोलेका पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भाग मात्र पोस्ट गर्दै अझ बढाइचढाइ र अतिरञ्जित पारेकोमा दुःखसमेत पोखे ।

राजीनामा घोषणा गर्नुअघि मन्त्री तामाङ, पत्रकार र मन्त्रालयका कर्मचारीबीच भावुक बनेका थिए भने आखाँबाट आशुसमेत झारेका थिए । प्रधानमन्त्री एवं सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानलाई नै प्रभावित बनाउने गरी अतिरञ्जित नाराहरू लगाउने कार्य भइरहेकाले प्रधानमन्त्री र सरकारलाई सफल बनाउन र निहीत स्वार्थ बोकेकाहरूलाई परास्त गर्न राजीनामा दिएको बताए ।

‘म मेरो पदभन्दा पनि प्रतिष्ठानको खातिर काम गर्ने व्यक्ति भएकाले मैले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताको आधारमा सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा पेस गर्न गइरहेको छु ।’ तामाङले भने ।

‘म आफैँ महिलाप्रति अति संवेदनशील व्यक्ति हुँ । महिला मलाई जन्माउने आमा, मेरो जीवन धान्ने जीवनसाथी र हामीले जन्माएका छोरीहरू हुन् । म सचेत छु, छोरी मेरो जीवनको गर्व हो । छोरी मेरो सन्तान हो । छोरी मेरो भविष्य हो । छोरीको अधिकार र अस्मिताको लागि म आफैँ लड्दै आएको व्यक्ति हुँ । यसको निम्ति म खुल्ला कागज हुँ ।’

आफ्नी पत्नी उषाकला राईका साथ पत्रकार सम्मेलनमा उपस्थित भएका तामाङले भने, ‘मलाई पढे हुन्छ । मेरो परिवार बुझे हुन्छ । छोरीको अंश र वंश, आमाको नामबाट नागरिकता दिने विषयमा म आफ्नो ठाउँबाट लड्दै आएको व्यक्ति हुँ ।’ राजीनामा दिँदै मन्त्री तामाङले आफूले चालेका कदमबाट केही तत्वहरू आफ्नो पछाडि लागेकोसमेत खुलाए ।

उनले भने, ‘मैले चालेका कदमहरू भ्रष्टाचार उन्मुलन गर्ने, न्यायक्षेत्रको पारदर्शिता, सार्वजनिक निकाय र सार्वजनिक व्यक्तिको पारदर्शिताको मुद्दा र दातृ निकायबाट नेपालमा आउने पैसा सरकारको एउटैद्वारबाट मात्र कानुनमा व्यवस्था गरेर आउनुपर्छ भन्ने कुराहरू जुन राष्ट्रको लागि अति अपिरहार्य र आवश्यकता हो । त्यसमाथि प्रहार हो भन्ने लागेको छ ।’

राजीनामाको पत्र पढेर सुनाउनुअघि उनले आफूले मन्त्रालयमा बसेर गरेका काम कारबाहीका बारेमा जानकारी गराएका थिए । मन्त्री तामाङले मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानुन तयार भइसकेको जानकारी गराए । ‘मौलिक हक कार्यान्वयनका लागि आवश्यक १५ वटा कानुन अगाडि बढेको छ ।

यो क्याबिनेटको बाटो हुँदै संसद्बाट पारित हुन्छ’, उनले भने, ‘यी कानुनहरू २ असोज मध्यरातसम्म पारित हुन्छ ।’ एक विद्यालयको कार्यक्रममा सो अभिव्यक्ति दिएपछि उनी शपथ लिएको ४ महिना ८ दिनमा नै कानुन मन्त्रीको पदबाट राजीनामा दिने अवस्थामा आइपुगे । सिन्धुपाल्चोक–१ बाट पशुपति शमशेर जबरालाई चुनाव हराएका तामाङ चर्चामा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा