Date: March 25, 2019

अन्तर्राष्ट्रिय ट्रि–म्याराथनमा आर्मीकै वर्चस्व

६ श्रावण २०७५, आईतवार ०४:५५

काठमाडौं । नेपाल आर्मीले दोस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्री–म्यारथनमा वर्चस्व कायम गरेको छ । शनिबार धादिङको वैरेनीमा भएको म्याराथनमा आर्मीले शीर्ष २ स्थानमै आफैँले कब्जा जमाउन सफल भयो । धादिङको वैरेनीदेखि चरौदीसम्मको कुल ४३ दशमलव ७ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ४९ सेकेन्डमा पूरा गर्दै आर्मीको टिम ‘ए’ च्याम्पियन बन्यो ।

जितसँगै टिम ‘ए’ ले नगद १ लाख ५० हजारसहित च्याम्पियन ट्रफी हात पार्यो । कुल दूरीमध्ये ६.७ किमी दौड, २६ किमी साइक्लिङ र ११ किमी र्याफ्टिङ रहेको थियो । प्रतियोगितामा आर्मीकै टिम ‘बी’ ले २ घन्टा २८ मिनेट ४३ सकेन्डमा दूरी पूरा गर्दै दोस्रो स्थान प्राप्त गर्न सफल भयो । टिम ‘बी’ १ लाखसहित ट्रफी प्राप्त गर्यो ।

तेस्रो स्थानमा चित्त बुझाएको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले २ घन्टा ३१ मिनेट २१ सेकेन्ड पूरा गर्यो । एपिएफले ७५ हजारसहित ट्रफी उचाल्यो । प्रतियोगिताका विजेता खेलाडीलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कृत गरे । सहभागी टिमलाई रथी पूर्णचन्द्र थापाले कदरपत्र प्रदान गरे ।

प्रतियोगितामा नेपाली आर्मीका २, सशस्त्र प्रहरी, राष्ट्रिय क्लबका ५ र महिला टिम गरी स्वदेशी ९ तथा बेलायतको ब्रिटिस गोर्खाजका २ टिम, बंगलादेश, श्रीलंकका गरी १३ टिमले प्रतियोगितामा प्रतिस्पर्धामा गरेका थिए । प्रत्येक टिमका ४ जनाको दरले कुल ५२ जना खेलाडीले भाग लिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा