Date: March 25, 2019

‘समुद्र साउती’ विमोचन

३२ असार २०७५, सोमबार ०४:३६

काठमाडौं । कवि बद्री भिखारीद्वारा लिखित ‘समुद्र साउती’ कवितासंग्रह बजारमा आएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा भानुजयन्तीको अवसर पारेर कवि तुलसी दिवस, राससका अध्यक्ष तथा कवि श्यामल, स्वप्निल स्मृति, समालोचक महेश पौडेल, जसराज किराँतीले संयुक्त रूपमा उक्त कृति विमोचन गरेका थिए ।

कार्यक्रममा समालोचक महेश पौडेलले भिखारीका कवितामा शालीन विद्रोह र विनम्रता पाइने धारणा राखे । समीक्षक तथा कवि श्यामलले शक्तिशाली कविताहरूको संग्रह ‘समुद्र साउती’ ले नेपाली कविता साहित्यको इतिहासमा एउटा बलियो खुड्किलो थपेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि कवि तुलसी दिवसले भिखारीका कवितामा नवीनतम् कथ्यसहितका विम्बहरू पाइने तर्क गरे । उनले भने, ‘कविले समाज र मानवको हृदय छामेर कविता लेख्नुपर्छ । यसमा कवि भिखारी सबल रूपमा प्रस्तुत हुन सकेका छन् ।’
इटहरीमा बसेर साहित्यसाधनमा लागिरहेका कवि बद्री भिखारीको यो तेस्रो संग्रह हो । यसअघि उनका ‘हत्केला भरिका रेखाहरू’ (मुक्तकसंग्रह), ‘माड्सापका झोला’ (कवितासंग्रह) प्रकाशित छन् । ४० कवितालाई ५ खण्डमा विभाजन गरिएको यस संग्रहलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा