Date: March 25, 2019

कला, साहित्य र संस्कृतिमाथि बहस

३१ असार २०७५, आईतवार ०५:२५

काठमाडौं । नेपाली कलाको इतिहास दुई हजार वर्ष पुरानो रहेको हिमवत् खण्ड कला साहित्य सम्मिलनमा कार्यपत्र प्रस्तोता ठाकुरप्रसाद मैनालीले बताएका छन् । उनले ‘नेपाली कला संस्कृतिको फैँलिदो आकाश र भावी दिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इसापूर्वमा बनेका गजलक्ष्मी, अष्टमात्रिका तथा सूर्यका प्रस्तर मूर्तिले नेपाली कलाको ऐतिहासिकता झल्काउने गरेको बताए ।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय सम्मिलनअन्तर्गत दोस्रो दिन मैनालीले चीनको कला संस्कृतिको विकासमा समेत नेपालीको भूमिका रहेको उनले चर्चा गरे । कार्यक्रममा भारतको सिक्किम विश्वविद्यालयका डीन डा. कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ विषयमा प्रस्तुति गर्दै भानुभक्तीय रामायणलगायत कृतिलाई डिजिटलाइजेसन गर्न सुझाव दिइन् ।

त्यस्तै, प्राडा. मधवप्रसाद पोखरेलले ‘हिमवत् खण्डको भाषाको उद्भव: नेपाली भाषाको वर्तमान महत्व र स्थिति’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली भाषालाई खसालेर अंग्रेजीलाई पुल्पुल्याउने अवस्था देखिएकोमा चिन्ता प्रकट गरे । प्राडा. जीवेन्द्रदेव गिरीले ‘नेपाली भाषाको साहित्यिक अवस्था र समृद्धिको यात्रा’ विषयमा बोल्दै नेपाली, नेपाल भाषा र मैथिलीमा झै सबै मातृभाषामा साहित्यको विकास हुन सकेमा समृद्धिका लागि टेवा पुग्ने धारणा राखे ।

सम्मिलनमा प्रस्तुत गरिएका कार्यपत्रमाथि क्रमशः प्राज्ञ विष्णु प्रभात, लक्ष्मण न्यौपाने (म्यानमार), प्राडा. व्रतराज आचार्य र डा. जगमान गुरुङले समीक्षात्मक परिपूरण मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिमवत् खण्ड कला साहित्य सम्मिलनको सफलताको कामना गर्दै यस क्षेत्रका कला र संस्कृतिलाई सियोले धागो उने झैँ एउटै मालामा उन्न सक्नुपर्ने बताए ।

उनले भने, ‘साहित्य र संस्कृतिलाई समृद्धिसँग जोड्न सबैले प्रयत्न गर्नु पर्दछ ।’ शनिबारै बहुभाषिक कवि गोष्ठी र हास्यव्यंग्य साँझको कार्यक्रम गरियो । आइतबार स्रष्टाहरु चन्द्रागिरि पुगेर कलाकारले समृद्धि विकासका विषयमा कला कार्यशाला गर्नेछन् भने सातै प्रदेशबाट आएका प्रतिनिधि कविले कविता वाचन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा