Date: March 25, 2019

शिक्षक सेवा आयोग परीक्षा टिप्स

३१ असार २०७५, आईतवार ०३:५४

बाबुकाजी कार्की शिक्षण पेसाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेसाभन्दा तुलानात्मक रूपमा आकर्षक सेवा सुविधा भएका कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो ।

विद्यालय शिक्षाका लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन । सामुदायिक विद्यालयमा अहिले पनि अठार किसिमका शिक्षकहरू कार्यरत भएको पाइन्छ।

राज्यले शिक्षक व्यवस्थापनका लागि दिगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिलेसम्म शिक्षक स्थायी गर्ने सम्बन्धि कतिपय मुद्दाहरू जिउँका तिउँ रहेका छन् ।

अस्थायी शिक्षकहरूको समस्या समाधानका लागि विगतमा अनगिन्ती समिति र प्रतिवेदन तयार भएता पनि आसातित् उपलब्धि हुन सकेको छैन । देश विकासको अपरिहार्य आधारभूत सर्त शिक्षाजस्तो संवेदनशील क्षेत्रमा राज्यको उदासिनता हुनु दु:खद हो ।

शिक्षा क्षेत्रमा देखिएका अनगिन्ती समस्याहरूमध्ये लामो समयसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्ने तौरतरिका विवादरहित हुन सकेको छैन । वर्षौं अध्यापन गरेका शिक्षकहरू एक्कासि शिक्षक सेवा आयोगको परीक्षा दिनुपर्दा हच्केको पाइन्छ ।

विद्यार्थीको परीक्षा मात्र लिएका आफूले कहिल्यै परीक्षा नदिएका उमेर ढल्किसकेका शिक्षकहरूका लागि आयोगको प्रतिस्पर्धात्मक परीक्षा काउसो बनेको छ । ‘नखाऊँ भने दिन भरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार’ भने जस्तै भएको छ । विद्यमान नीतिअनुसार परीक्षा नदिई स्थायी हुन नसकिने भएकाले परीक्षाबाट डराउनुभन्दा पनि तयारी गरेर सम्मिलित भै स्थायी हुनुको विकल्प अहिलेसम्म अगाडि आएको छैन ।

हुन त हामी कहाँ ०४८ सालमा अस्थायी शिक्षकहरूलाई सामान्य प्रक्रिया पुर्याएर स्थायी गरिएको नजीर पनि छ । तथापि, अहिलेको परिस्थतिमा स्वतः स्थायी हुने कल्पना धेरै परको विषय हो । तसर्थ, अस्थायी शिक्षकहरूले धैर्यता पूर्वक परीक्षाको तयारी गरेर सशक्त र सहज रूपमा परीक्षा दिएर स्वाभिमानी पूर्वक स्थायी हुनु नै उत्तम विकल्प हो ।

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूका लागि स्थायी गर्नका लागि विज्ञापन गरेर परीक्षाको मितिसमेत तोकी सकेको छ । लामो समयसम्म अस्थायी रूपमा कार्यरत शिक्षकहरू परीक्षा दिनका लागि जुटेका छन्।यस प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरूको आकर्षक र ठोस उत्तर दिन सक्ने कौशलताले अहं भूमिका खेलेको हुन्छ ।

आयोगको परीक्षामा सफलता हासिल गर्न 3C = Content, Context & Communication मा विशेष ध्यानदिनु उचित हुन्छ । Content अर्थात् विषयवस्तुको बहुआयामिक अध्ययन हुनु जरुरी छ । विषयवस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई मौजुदा समसामयिक परिवेश Context मा समायोजन र सम्बोधन हुने गरी सहज र सरल भाषामा सटिक उत्तर Communicate गर्नु बुद्धिमानी ठहर्छ ।

परम्परागत प्रश्नको सोझो उत्तरभन्दा पनि Innovative खालको तर्कपूर्ण मौलिक उत्तरहरू अधिक अंक प्राप्त गर्न लायक हुन्छन् । परीक्षाको तयारीका क्रममा विभिन्न उपायहरू अपनाएर घनिभूत अध्ययन गर्नुका साथै परीक्षाका क्लुुहरूको जानकारी राख्नु बुद्धिमानी ठहर्छ ।

परीक्षाको तयारीका लागि स्रोत सामग्रीका रूपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरू, विशिष्टीकरण तालिका  Specification Grid) लाई विशेष आधार मान्न बिर्सनु हुन्न । विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाई, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ ।

पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमूना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरूको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न सकिन्छ । आयोगले निकट भविष्यमा लिइने स्थायी शिक्षकको परीक्षाको तयारी तथा सोधिने बहुवैकल्पिक प्रश्नहरूको उत्तर कसरी दिने भन्नेबारेमा केही टिप्सहरू यहाँ प्रस्तुत गरिएको छ ।

बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडि हुने भएकाले सही उत्तरमा चिन्ह लगाउँदा हतपत नगरी धैर्यतापूर्वक निस्कर्षमा पुग्नु पर्दछ ।
 प्रश्नपत्रको सुझाव (Instruction) र प्रश्नलाई राम्रोसँग पढ्नुपर्छ ।

 आयोगको परीक्षा प्रतिस्पर्धात्मक हुने भएकाले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाती हुन सक्छ ।

 समयको व्यवस्थापनका लागि धैर्यतापूर्वक प्रश्नको संख्या, दिएको अंकभार तथा तोकिएको समयलाई विभाजन गर्नुपर्दछ ।

 पाठ्यक्रममा तोकेका विषय वस्तुहरूको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरू जुटाउने प्रयास गर्नु पर्दछ ।

 प्रिन्टेड सामग्री नपाए पनि अहिले प्रायशः सबै संघसंस्थाले आआफ्नो धभदकष्तभ मा सूचना प्रवाह गरेका हुन्छन् । तसर्थ, आवश्यक सामग्री ष्लतभचलभत मार्फत् धभदकष्तभ मा खोज्नुपछ । यसबाट पछिल्लो ताजा सूचनाहरूको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ ।

 नियमित रूपमा विस्तृत र गहन अध्ययन गर्ने,

 आधारभूत कुराहरू थाहा पाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने,

 परिभाषामा प्रयोग भएका शब्दहरूको बारेमा पनि विस्तृत जानकारी राख्ने,

 विगतमा सोधिएका प्रश्नहरू तथा नमूना प्रश्नहरूको पर्याप्त अध्ययन तथा हलगर्ने ,

 प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नामलगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडि नै भर्ने, सम्भव भएमा घन्टी बझ्नुभन्दा अगाडि गर्ने,

 कुनै शब्द वा Terminology को बारेमा यकिन नभएमा शब्दकोश वा अन्य सम्बन्धित स्रोत सामग्री अध्ययन गर्ने,

 विषयअनुसारको मुख्य अवधारणा -Concept)  लाई महत्व दिएर पढ्ने,

 सामान्य सम्झनेभन्दा पनि विस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ ।

 आफूभन्दा राम्रो तयारी गरेको साथीसँग छलफल गरेर पढ्नाले कतिपय कुराहरू स्पष्ट र स्थायी हुन्छन ।

 परीक्षालाई सहज सामनागर्ने मानसिकताका साथ शारीरिक, मानसिक, खानपान, आहार र विहारमा सन्तुलित र सहज हुनुपर्दछ ।

 डर, त्रास तथा अनिदो बस्ने तनाव लिनेलगायत नकारात्मक प्रवृतिबाट टाढै रहनु पर्दछ ।

 कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दख्खल र कुनमा कमजोर छु भन्ने जानकारीका आधारमा अध्ययनको समय र सामग्रीको चयन गरिनु बुद्धिमानी ठहर्छ ।

 परीक्षाहलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण comfortable हुनुपर्दछ ।

 बहुवैकल्पिक प्रश्नहरूको उत्तरमा चिन्ह लगाउँदा निर्देशनअनुसार एकै किसिमका लगाउने, (रेजा वा गोलो घेरा)

 सम्भावित आफूलाई दोधार लागेको उत्तरमा हतार गरेर एकैपटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर अरू सही उत्तरको बारेमा सोचेर एकिन गर्ने,

 माथिका सबै भन्ने उत्तरहरू प्रायशः सही हुन सक्छन् ।

 माथिका कुनै पनि होइन् भन्ने उत्तरहरू प्रायशः गलत हुन सक्छन् ।

 दोहोरो नकारात्मक प्रश्नहरूले झुक्याउने भएकाले सचेत हुने,

 लामो प्रकृतिका उत्तरहरू प्राय सही हुन्छन् ।

 समयको व्यवस्थापन राम्रोसँग गर्ने, यदि कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छाडेर पछि हल गर्ने,

 प्रश्नहरू हल गरिसकेपछि थोरै समय पुनरावलोकनका लागि पनि छट्ट्याउन बिर्सनु हुँदैन ।

 कतिपय प्रश्नका उत्तरहरू त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहरूसँग पनि मिलेको हुन सक्छन् चनाखो हुने,

 यदि आफूलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिन्ह लगाएवापत् Penaltyको प्रावधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने,

 एकपटक चिन्ह लगाई सकेपछि त्यही प्रश्नको उत्तरमा फेरि केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ छैन् ।

 परीक्षा सकेर बाहिर निस्केपछि भएका कमजोरीहरूलाई भविष्यमा अन्य परीक्षाको तयारीका लागि काम लाग्ने हेतु समीक्षा गर्नु बुद्धिमानी ठहर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा