Date: March 25, 2019

सुशीलले ल्याए ‘गुराँसहरू पलाँसहरू’

२६ असार २०७५, मंगलवार ०६:०३

मेलबर्न । कवि सुशील चालिसेद्वारा लिखित मुक्तकसंग्रह ‘गुराँसहरू पलाँसहरू’ मेल्बर्नमा सार्वजनिक गरिएको छ । भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन र लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले सो कृति संयुक्त रूपमा विमोचन गरेका हुन् ।जहाँ भावुकता हुन्छ, त्यहाँ साहित्यको सिर्जना हुने कार्यक्रमका प्रमुख अतिथि योञ्जनले बताए ।

उनले भने, ‘पुस्तकका लेखक चालिसेले अझै सशक्त रूपमा कलम चलाउने आशा लिएको छु ।’ कार्यक्रमका विशेष अतिथि अभियानका विश्व संयोजक श्रेष्ठले देशमा विद्यमान विसंगतिप्रति सचेत रहँदै मुक्तककारले पुस्तक ल्याएको बताए । उनले भने, ‘सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक सबै क्षेत्र समेटिएको मुक्तकसंग्रहमार्फत सरलता र जीवन भोगाइलाई झल्काउन लेखक सफल भएको देखिन्छ ।’

मुक्तककार सुशील नेपालका चर्चित साहित्यकार चक्रपाणि चालिसेका नाती हुन् । उक्त कार्यक्रममा रोजी डंगोल, अभिलाषा शर्मा र आस्था पौडेलले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै, साहित्यकार उक्तम पन्त, माधव पौडेल, मनोज पौडेल, अनुपम पाठक (सायर), आशिष भेटुवाल, आर्जन पौडेल, कृष्ण सापकोटा, पार्वती पाहारी र ११ वर्षीय आँचल पौड्यालले आ–आफ्नो रचना सुनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा