Date: March 25, 2019

यौन मनोविज्ञानमा आधारित ‘मिस्टर भर्जिन’

२६ असार २०७५, मंगलवार ०५:५४

काठमाडौं । यौन मनोविज्ञानमा आधारित चलचित्र ‘मिस्टर भर्जिन’ को टिजर सार्वजनिक गरिएको छ । आगामी १ भदौबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिजर आइतबार युट्युबमार्फत रिलिज गरिएको हो ।

तीनजना पुरुषले कन्डम माग्न नसकेको तर अभिनेत्री मरिष्का पोखरेलले सहजै कन्डम मागेको दृश्य टिजरमा देखाइएको छ । विशारद बस्नेतले निर्देशन गरेको यो चलचित्र वल्र्ड वाइड फिल्म ड्रिस्टिब्युसनको ब्यानरमा निर्माण भएको हो ।

चलचित्रमा केही भर्जिन पात्रहरूको यौन मनोविज्ञानलाई देखाउने कोसिस गरिएको निर्देशक बस्नेतले बताए । चलचित्रमा भोलाराज सापकोटा, कमलमणि नेपाल, मरिष्का पोखरेल, गौरव पहरी, विजय बराल, रवीन्द्र झा, सिर्जना सुब्बा लगायतको मुख्य भूमिका रहनेछ ।

प्रजापति सिवाकोटी, मुकेश रेग्मी, खिलेन्द्र तिमल्सिना, विशारद बस्नेतको लगानी रहेको यस चलचित्रमा मनीष खत्री र सन्दीप उप्रेती सहनिर्माता रहेका छन् । रामेश्वर कार्कीको छायांकन रहेको यो चलचित्रको सम्पादन मिलन काप्रीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा