Date: March 25, 2019

बेलायतको कुम्ब हिलमा ‘काव्ययात्रा’

१८ असार २०७५, सोमबार ०५:४५

काठमाडौं । बेलायतमा रहेका नेपाली साहित्यकारले बकिंघम शायरको कुम्ब हिलमा शनिबार काव्ययात्रा सम्पन्न गरेका छन् । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली माटो र समसामयिक विश्व परिदृश्यलाई कवितामार्फत अभिव्यक्त गरिएको थियो ।

काव्ययात्रामा डा. सुनिल महर्जन, सञ्जु बजगाईं, विभाष सापकोटा, अभियान घिमिरे, मञ्जु न्यौपाने, सुयश बजगाईं, मुकेश श्रेष्ठ, मीना महर्जन, राजेश्वरी घिमिरे, विजय सापकोटालगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले बेलायतका विभिन्न सहरमा आयोजना गरिने काव्ययात्राका क्रममा वाचित कवितालाई संग्रहको रूप दिइने जानकारी दिए ।

कवि अजिता सिंखडाले काव्य यात्राबाट आफू उत्साहित भएको र यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । साहित्य प्रतिष्ठानले बाह्र वर्षदेखि नेपाली साहित्यको वेबसाइट ‘समकालीन साहित्य डट कम’ सञ्चालन गर्नाका साथै नियमित रूपमा नेपाली भाषाको अनुसन्धानमूलक पत्रिका ‘प्रवासन’ र विभिन्न साहित्यिक पुस्तक प्रकाशन गर्दै आएको साहित्यकार विजय सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा