Date: March 25, 2019

विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई रातो कार्ड

१२ असार २०७५, मंगलवार ०५:५२

जाजरकोट, १२ असार । जाजरकोटका विभिन्न विद्यालयले विद्यालयमा अनुपस्थित हुने छात्राका अभिभावकलाई सन्देशसहितको रातो कार्ड पठाउन थालेका छन् ।विद्यालयमा छात्राहरुको उपस्थिति कम हुन थालेपछि विद्यालयहरुले सन्देशसहितको रातो कार्ड पठाउन थालेका हुन् ।

नियमित उपस्थित हुने छात्राका घरमा भने विद्यालयले प्रोत्साहन गर्दै हरियो कार्ड पठाउने गरेका छन् । विद्यालयहरुको यो अभियानपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ । बालवालिकालाई विद्यालयमा नियमित गराउन अभिभावकलाई कार्ड पठाउन थालिएको जनएकता प्राथमिक विद्यालयकी प्रधानाध्यापक रुपा गिरीले बताए ।

५० प्रतिशतभन्दा कम उपस्थिति हुने बालवालिकाका अभिभावकलाई रातो, मध्यम उपस्थितिलाई पहेँलो तथा उत्तम उपस्थिति हुने वालवालकाकाका अभिभावकलाई हरियो कार्ड पठाउने गरिएको उनले जानकारी गराए ।यो कार्यक्रम एकीकृत परियोजनाको शिक्षा कार्यक्रमअन्तर्गत छेडागार्ड नगरपालिका वडा नं। ३ देखि ११ सम्मका ६४ वटा विद्यालयमा संचालित छ । यो क्षेत्रमा अध्ययन गर्ने वालवालिकाको भाषिक पठन शीप पनि कमजोर रहेकाले यो कार्यक्रम अघि सारिएको सेभ द चिल्डेन जाजरकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा