Date: March 25, 2019

सेल्फ डिफेन्स सिकाउँदै प्रदीप

१९ फाल्गुन २०७५, आईतवार ०४:२३

काठमाडौं । पछिल्लो समय महिलाहरुमा सेल्फ डिफेन्स (मार्सल आर्ट्स) प्रति मोह बढ्न थालेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तलगायत दजनौं बालिका र महिलाको बलात्कार र हत्याका घटना बढ्न थालेपछि नेपाली चेलीहरु सेल्फ डिफेन्स (आत्मरक्षा) तालिम लिन थालेका छन् ।

देशैभर बलात्कार र हत्या हुने थालेपछि राजधानी काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययनरत चेलीहरु सेल्फ डिफेन्स सिक्न व्यस्त छन् । राजधानीका पद्मकन्या, शंकरदेव र त्रिचन्द्र क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत चेलीलाई वरिष्ठ कराते प्रशिक्षक प्रदीप थापाले सेल्फ डिफेन्स तालिम दिँदै आएका छन् ।

उनले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा दैनिक २०÷२२ जनालाई सेल्फ डिफेन्स तालिम दिँदै आएका छन् । ‘धेरै चेलीहरु सेल्फ डिफेन्स मात्रै सिक्न आएका छन्’ उनले भने ‘केहीले भने खेलकुदमै लाग्ने उद्देश्यले पनि आएका छन् ।’ उनले एक वर्षजति नियमित प्रशिक्षण गराउने र त्यसपछि उनीहरुलाई नै जिम्मेवारी दिने बताए ।

‘सेल्फ डिफेन्सको बेसिक कुरा सिकेपछि उनीहरुलाई नै जिम्मा दिएर अध्ययनरत क्याम्पसमा तालिम सञ्चालन गर्ने छन्’ प्रशिक्षक थापाले भने । आत्मरक्षा तालिममा सहभागीहरु २०÷२२ वर्षका रहेको र उनीहरुले एक महिनामै राम्रो प्रगति गरिरहेको प्रशिक्षक थापाले बताए । उनले सहभागीलाई सुरुमा फुलकन्ट्याक्ट करातेको बेसिक प्रशिक्षण गराउने र त्यसपछि सेल्फ डिफेन्स कला सिकाउने बताए ।

सिन क्योकुसिनका तेस्रो डान थापाले क्रोएसियाको जोगरेभमा २३औं युरोपियन हाप्किडो सेमिनारमा सहभागी भएका थिए । उनले सेल्फ डिफेन्ससका टेक्निक त्यही सेमिनारमा सिकेका थिए । त्यहाँ सिकेका कला उनले अहिले विभिन्न कलेजका विद्यार्थीलाई सिकाइरहेका छन् ।

पद्मकन्या क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत प्रकृति सुब्बा आफूले पहिले पनि केही महिना कराते सिके पनि पढाइका कारण छोड्नु परेकाले अहिले फेरि निरन्तरता दिएको बताउँछिन् । ‘त्यसबेला पढाइले गर्दा निरन्तरता दिन पाइएन । अब यसलाई निरन्तरता दिन्छु र आफूले सिकेका कुरा आफ्नो गाउँघरका साथीहरुलाई पनि सिकाउँछु’ प्रकृतिले भनिन् ।

उनले केही महिना सेल्फ डिफेन्स कला सिक्ने हो भने आफूले आफ्नो रक्षा गर्न सक्ने बताउँछिन् । यसैगरी सर्लाहीकी रितुकुमारी झा पनि सेल्फ डिफेन्सका लागि कराते खेल्न थालेकी बताउँछिन् । गाउँमा हुँदा खेल्ने इच्छा हुँदाहुँदै पनि खेल्न नपाएको बताउँदै अहिले सिक्न पाएको खुसी व्यक्त गरिन् ।

‘मार्सल आर्ट्स सिक्ने इच्छा सानैदेखि थियो । अहिले सिक्न थालेको छु । छोटो समयमै राम्रो प्रगति भएको छ’ पद्मकन्या क्याम्पसमा अध्ययनरत रिनुले भनिन् ‘आफूले सिकेका कुरा विभिन्न स्कुल र कलेजका साथीहरुलाई पनि सिकाउने छौं ।’ उनले एक महिनाकै अवधिमा राम्रो प्रगति गरिरहेको बताइन् ।

यसैगरी बर्दियाकी सरिता चौधरीले पनि सेल्फ डिफेन्स सिक्न थालेको छोटो समयमै धेरै कुरा सिक्न पाउनुका साथै आत्मबल पनि बढेको बताइन् । शंकरदेव क्याम्पसमा अध्ययनरत चौधरीले सेल्फ डिफेन्सले महिलामा आत्मविश्वास बढाउने बताइन् । उनले अहिले भइरहेका बलात्कार र हत्याजस्ता जघन्य अपराध न्युनिकरणका लागि सेल्फ डिफेन्सले सहयोग पुर्याउने बताए ।

‘बलात्कार र हत्या भनेकै बलियाले निर्धालाई गर्ने हो । महिलाहरु आफै सबल र सक्षम हुने हो भने यस्ता अपराध आफै न्युनिकरण हुन्छ’ थापाले भने ‘यसका लागि हरेक विद्यालयमा मार्सल आर्ट्स सञ्चालन गर्नु पर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा