Date: March 25, 2019

स्पेनमा रोशन र सुनीललाई पदक

१३ फाल्गुन २०७५, सोमबार ०५:१२

काठमाडौं फागुन १४ (नेपा खबर ) – स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् ।

सोमबार स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्फ स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अभिसेक मल्ल जानकारी दिए । रोशनले भने कांस्य पदक जित्न सफल भए । सुनीलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई स्तब्ध बनाउँदै स्वर्ण जित्न सफल भएको प्रशिक्षक अभिसेकले जानकारी दिए ।

त्यसअघि सेमिफाइनलमा भने उनले अफगानिस्तानका अहमद जावेद नाविजादालाई हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका थिए । त्यस्तै नेपालका रोशनले फाइटतर्फ पुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जित रचेका थिए ।

त्यसपछिको क्वार्टरफाइनल खेलमा भने रोशनले अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई स्तब्ध बनाउँदै कांस्य पदक पक्का गरे ।

तर, सेमिफाइनलमा इटालीका अर्टिअम प्रोकासँग पराजित भएपछि कांस्य पदकमै सीमित भए ।

सोही च्याम्पियनसिपमा नेपालका प्रशिक्षकसमेत रहेका अभिसेक मल्लले बेस्ट रेफ्रीको समेत अवार्ड हात पार्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा