Date: March 25, 2019

काब्यमा स्पोर्ट्स मिट जारी

२ फाल्गुन २०७५, बिहीबार ०५:४१

काठमाडौं फागुन २ (नेपा खबर)- काठमाडौंको नयाँ बानेश्वरमाअवस्थित काब्य स्कुलमा स्पोर्ट्स मिट सञ्चालन भइरहेको छ । स्पोर्ट्स मिटअन्तर्गत फुटबल, बास्केटबल,क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, कराते, उसुलगायतका खेल आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रज्वलप्रताप क्षत्रीले जानकारी दिए ।

विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सञ्चालन गरिँदै आएको स्पोर्ट्स मिटका बृहत कार्यक्रम शुक्रबार जाउलाखेल मैदानमा सञ्चालन गरिने जानकारी क्षत्रीले दिए । उनले विजेतालाई सोही समारोहमा पुरस्कार वितरण गरिने जानकारी दिए ।  विद्यालय परिसरमा अहिलेसम्म भएका खेलहरुमध्ये जुनियर छात्र फुटबलमा वनकुसुम र सिनियरमा प्रमिथस सदन पहिलो भएको छ ।

यस्तै लङजम्पको सिनियर छात्रमा वनकुसुम, जुनियरमा सुलोचना सदन पहिलो भएको छ । यसैगरी छात्राको सिनियरतर्फ साकुन्तल र सिनियरमा सुलोचना सदन पहिलो बन्न सफल भएका छन् । लङजम्पमा सुलोचना, वनकुसुम र प्रमिथस पहिलो भए । सटपुटमा पनि सुलोचना र साकुन्तलले उपाधि जिते । यसैगरी सिनियर छात्रको ब्याडमिन्टनमा साकुन्तल, जुनियरमा प्रमिथस पहिलो भयो ।

जुनियर तथा सिनियर छात्रमा भने साकुन्तलले बाजी मार्यो । बास्केटबलको सिनियर छात्रामा साकुन्तल पहिलो, सुलोचना दोस्रो र वनकुसुम तेस्रो भए । यस्तै सिनियर छात्रमा सुलोचना पहिलो, वनकुसुम दोस्रो र साकुन्तल तेस्रो भए । यसैगरी जुनियर छात्रमा सुलोचना सदन पहिलो, वनकुसुम दोस्रो र साकुन्तल सदन तेस्रो भयो ।

उसुमा वनकुसुमका निशान दर्लामी, प्रितिसा बस्नेत, सुहान कार्की, सुलोचनाका नमसारा मगर, ज्ञानत थापा मगर, ज्वालनदीप अधिकारी र साकुन्तल सदका सनिर महर्जन पहिलो भए । वनकुसुमका विराट श्रेष्ठ, प्रिसा ढुंगाना, अभिनव श्रेष्ठ, सुलोचनाका सुजन श्रेष्ठ, प्रमिथसका अर्पुभा ढुंगाना र सकुन्तलाका सम्राट महर्जन दोस्रो स्थानमा रहे ।

यसैगरी ब्याडमिन्टनको जुनियर छात्रमा साकुन्तल पहिलो, प्रमिथस दोस्रो र सुलोचना सदनले तेस्रो स्थान हात पार्यो । यसैगरी छात्रामा वनकुसुम पहिलो, सुलोचना दोस्रो र प्रमिथस तेस्रो भए । यस्तै सिनियर छात्रामा प्रमिथस, साकुन्तल र सुलोचना क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । सिनियर छात्रमा सुलोचना पहिलो, प्रमिथस दोस्रो र साकुन्तल तेस्रो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा