Date: March 25, 2019

१० पदकसहित नेपाल टिम च्याम्पियन

९ पुष २०७५, सोमबार ०८:५६

काठमाडौं, पुस ८ । भारतमा भएको दोस्रो दक्षिण एसियाली क्योकुशिन कराते च्याम्पियनसिपमा सोमबार नेपाल टिम च्याम्पियन भएको छ ।
भारतको पश्चिम बंगालस्थित रानीगञ्जमा भएको च्याम्पियनसिपमा नेपाली टिमले तीन स्वर्ण, दुई रजत र ४ कांस्य पदक जित्दै टिम च्याम्पियनको उपाधि उचाल्न सफल भएको नेपाल क्योकुसिन बुदाकाइ कराते संघका संस्थापक एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जानकारी दिए ।


पुरुष र महिला खुलातर्फ दुवैमा नेपालका खेलाडीले स्वर्ण पदक दिलाएका थिए । महिलातर्फ सुस्मी श्रेष्ठले र पुरुषतर्फ निर्मलबहादुर केसीले स्वर्ण पदक जित्न सफल भए । पुरुष ५५ केजी तौलमसमूहमा विश्व लामाले पनि स्वर्ण पदक दिलाउन सफल भए ।

महिला खुलामा पवित्रा चौधरी र पुरुष ५५ केजीमा सोमबहादुर थापाले रजत पद जित्न सफल भएका थिए । महिला खुलामै निसा घलान, पुरुष ५५ केजी तौलमसमूहमा अरुन मोक्तान, पुरुष ७५ केजीमा गणेश अधिकारी र पुरुष खुलामा जमुन शाहले नेपाललाई कांस्य पदक दिलाउन सफल भए ।

कुल २६ सदस्यीय नेपाली टोलीले सहभागिता जनाएको प्रतियोगितामा भारत, बंगलादेश, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका खेलाडीले चुनौती प्रस्तुत गरेका थिए ।

नेपाली टाेलीकाे प्रशिक्षकमा धनबहादुर तामाङ र सुसिल कार्की छन् । नेपाली टिमकाे व्यवस्थापकमा सन्ताेष गुरूङ छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा