Date: March 25, 2019

विश्व च्याम्पियनसिप खेल्न बासुदेव बेलारुस प्रस्थान

२ भाद्र २०७५, शनिबार १४:११

काठमाडौं । बेलारुसमा हुने १३औँ जुनियर तथा ८औँ भेट्रान्स जुनियर आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपालका बासुदेव भट्ट त्यसतर्फ प्रस्थान गरेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)मा आयोजित एक कार्यक्रमका बीच बासुदेवलाई दक्षिण एसियाली आइटिएफ महासंघका उपाध्यक्षसमेत रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बिदाई गरे ।

अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्षसमेत रहेका धमलाले राष्ट्रिय झन्डा र देशको भूमि स्मरण गर्दै उचो मनोबलसहित उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गरे । आगामी १९ देखि २७ अगस्टसम्म बेलारुसको मिनिस्क शहरमा हुने विश्व च्याम्पियनसिपमा बासुदेवले भेट्रान्सतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

उनले फाइटतर्फ ९२ केजीमूनि नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । नेपाल आइटिएफ तेक्वान्दो महासंघका कोषाध्यक्षसमेत रहेका बासुदेवले विश्व च्याम्पियनसिपकै दौरान हुने अन्तर्राष्ट्रिय आइटिएफ महासंघको कंग्रेस सहभागिता जनाउनेछन् ।

जहाँ बासुदेवले नेपालमा आइटिएफको वर्तमान अवस्था र आगामी कार्ययोजनासमेत प्रस्तुत गर्नेछन् । बासुदेव नुवाकोट जिल्ला खेलकुद विकास समितीका उपाध्यक्षसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा