Date: March 25, 2019

विवादपछि रोजी फेर्दै रोज

१ भाद्र २०७५, शुक्रबार ०५:१२

काठमाडौं । निरक पौडेलले निर्देशन गरेको चलचित्र ‘रोजी’ को नाम परिवर्तन गरिएको छ । आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको नाम ‘रोज’ राखिएको निर्देशक पौडेलले जानकारी दिए । काठमाडौं १५ बस्ने गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग ‘रोजी’ को कथा मिलेको भन्दै नाम नराखिदिन आग्रह गरेपछि निर्माण पक्षले चलचित्रको नाम परिवर्तन गरेको हो ।

बिहीबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोविन्द एवं नानीमैया महर्जनबीच छलफल भएको थियो । महर्जनले आफ्नो छोरीको मृत्यु घटनासँग सम्बन्धित चलचित्रको कथा मिलेको भन्दै नाम परिवर्तन गर्न दबाब दिएका थिए ।

छलफलपछि निर्माण पक्षले चलचित्रको नाम रोजी नराख्ने, चलचित्र सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै, महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो चलचित्रलाई कुनै पनि प्रकारको बाधा नपुर्याउने सम्झौता भएको छ ।

यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौतामा यो चलचित्रको नाम रोजी नराखिने तय भएपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो ।  चलचित्रको नाम परिवर्तनबारे निर्देशक पौडेले भने, ‘एउटा मृतकको संवेदनालाई ख्याल गर्दै हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौँ । कानुनी रूपमा हामीमाथि हुँदाहुँदै पनि कसैको संवेदनालाई बिक्री गरेर पैसा कमाउनुहुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’

उनले रोजी हत्याकाण्डका बारेमा आफूलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले चलचित्रको छायांकनमा बाधा पार्न थालेपछि मात्रै घटनाबारे आफूले थाहा पाएको निर्देशक पौडेलले जिकिर गरे । चलचित्रलाई महर्जन परिवारले बोर्डमा उजुुरी दिएर सुरुमै छायांकनमा अवरोध गरेको थियो ।

निर्देशक पौडेलले महर्जन परिवारलाई नाममा चित्त नबुझेमा परिवर्तन गरिदिने बताएपछि अवरोध भएको छायांकन सुचारु गरिएको थियो । गोपिकृष्ण मुभिजको ब्यानरमा निर्मित यो चलचित्रमा अभिनेता प्रदीप खड्का, परमिता राज्यलक्ष्मी राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा