Date: March 25, 2019

८ भदौमा ‘रेनी’ आउने

१ भाद्र २०७५, शुक्रबार ०५:०५

काठमाडौं । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘रेनी’ ८ भदौदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले प्रचार प्रसारलाई तिब्र बनाएको छ । गिरिश रिजाल ‘समीप’ ले निर्देशन गरेको यो चलचित्रलाई विमला मल्ल र संजिव मल्लले निर्माण गरेका छन् ।

चलचित्रमा सरोज खनाल, सुरवीर पण्डित, दीपक ढकाल, निर्देशक गिरिशका साथै नवनायिका सनम मल्लको मुख्य भूमिका छ । कुलेखानी तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रमा लभ, एक्सन, कमेडीका साथै सामाजिक सन्देश रहेको निर्मात्री विमलाले बताइन् ।

जयराम थापाको छायांकन, विनोद खुम्बु र पुस्कर सुनुवारको संगीत रहेको चलचित्रमा राजु किरातको द्वन्द्व र अनिश लामाको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा