Date: March 25, 2019

एनआइसी एसिया र रिलायन्स लाइफबीच सम्झौता

१ भाद्र २०७५, शुक्रबार ०४:५१

काठमाडौं । एनआइसी एसिया बैंकले रिलायन्स लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सो सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरूले बैंकको जुनसुकै शाखाहरूबाट रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरे ।

हाल बैंकले मुलुकभर २ सय ३७ शाखा कार्यालय, २ सय ३० एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १७ वटा शाखारहित बैंकिङ इकाइमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार १ सय ८१ अर्बभन्दा बढी पुगेको छ, भने कुल निक्षेप करिब १ सय ५३ अर्ब पुगी निजीक्षेत्रबाट स्थापित बैंकहरू मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १ सय २४ अर्बसहित निजीक्षेत्रका बैंकहरू मध्ये दोस्रो ठूलो बैंकको रूपमा पहिचान बनाउन सफल भएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा