Date: March 25, 2019

अटल बिहारी कविदेखी ३ पटक प्रधानमन्त्री सम्म, पहिलाेपटक १३ दिन प्रम

१ भाद्र २०७५, शुक्रबार ०४:२८

नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार निधन भएको छ । दिल्लीस्थित एम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । उनी ९३ वर्षका थिए । युरिन इन्फेक्सन र मिर्गौलाको सममस्याका कारण ११ जुनमा उनलाई सो अस्पताल भर्ना गराइएको थियो ।

मधुमेहका बिरामीसमेत रहेका वाजपेयीको आधा कलेजोले मात्र काम गरिरहेको थियो । वाजपेयीको स्वास्थ्य बुधबारदेखि तीव्ररूपमा ओरालो झरेको थियो । एम्स अस्पतालले बुधबार एक बुलेटिन जारी गर्दै वाजपेयीको स्वास्थ्य विगत २४ घण्टादेखि निरन्तर खराब हुँदै गएको बताएको थियो ।

बिहीबार बिहान फेरि अर्को बुलेटिन जारी गर्दै अस्पतालले उनको स्वास्थ्यमा कुनै सुधार हुन नसकेको बतायो ।यसपछि वाजपेयीलाई हेर्न एम्स अस्पतालमा नेताहरूको ताँती लागेको थियो । बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदी उनको स्वास्थ्य स्थिति बुझ्न एम्स अस्पताल गएका थिए । उनी बिहीबार दिउँसो फेरि अस्पताल गए ।

उनीबाहेक बिजेपीका वरिष्ठ नेता लालकृष्ण आडवाणी, गृहमन्त्री राजनाथ सिंहसमेत कैयौँ केन्द्रीय नेता एम्स अस्पताल पुगेका थिए । कांग्रेस अध्यक्ष राहुल गान्धीलगायत कैयौँ विपक्षी नेता पनि वाजपेयीलाई हेर्न अस्पताल पुगेका थिए । यसअघि वाजपेयीका नातेदारलाई अस्पतालले बोलाइसकेको थियो ।

तीनपटक प्रधानमन्त्री


भारतीय जनता पार्टीका संस्थापक मध्येका एक वाजपेयी १९९६ देखि १९९९ का बीच तीनपटक प्रधानमन्त्री चुनिएका थिए । पहिलोपटक १९९६ मा प्रधानमन्त्री हुँदा उनको सरकार मात्र १३ दिन टिकेको थियो । दोस्रोपटक १९९८ मा प्रधानमन्त्री चुनिँदा उनको सरकार १३ महिना टिकेको थियो । १९९९ तेस्रोपटक प्रधानमन्त्री हुँदा भने उनको कार्यकाल पूरा पाँच वर्ष रह्यो । भारतमा गैरकांग्रेसी सरकारले पाँच वर्षे कार्यकाल पूरा गरेको यो नै पहिलोपटक थियो ।

 

२००९ मा राजनीतिबाट सन्यास


कुनैवेला आफ्नो कविता र भाषणले मानिसलाई मन्त्रमुग्ध बनाउने वाजपेयी स्वास्थ्य खराब हुँदै गएपछि सार्वजनिक जीवनबाट टाढा हुँदै गए । सोही वेलादेखि राजनीतिबाट सन्यास लिएका उनी घरमै बस्दै आएका थिए ।

वाजपेयीलाई केही वर्षदेखि लेख्न र बोल्नसमेत समस्या हुँदै आएको थियो । उनले कसैलाई चिन्न पनि छाडेका थिए ।

 

 

 

२०१५ मा उनको अन्तिम तस्विर सार्वजनिक
अन्तिमपटक उनको फोटो २०१५ मा सार्वजनिक भएको थियो । जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति प्रणव मुखर्जी सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ ले सम्मानित गर्न उनको घरैमा गएका थिए । डा. रणदीप गुलेरिया विगत ३० वर्षदेखि पूर्वप्रधानमन्त्री वाजपेयीका निजी डाक्टर छन् । एम्स अस्पतालमा पनि उनैको नेतृत्वको टिमले उनको उपचार गरेको थियो ।

डिमेन्सियाबाट पीडित थिए वाजपेयी
भारतका पूर्वप्रधानमन्त्री वाजपेयी ‘डिमेन्सिया’ नामक रोगबाट लामो समयदेखि पीडित थिए । मानिसमा सम्झने शक्ति कमजोर हुने र दैनिक काम पनि राम्रो गर्न नसक्ने लक्षणलाई डिमेन्सिया भनिन्छ । यो आफैँ कुनै रोग भने होइन । डिमेन्सियाका पीडितको छोटो समय सम्झने शक्ति नहुने पनि हुन सक्छ ।

तर, धेरैजसो ८० देखि ९० प्रतिशत अल्जाइमरका रोगी नै डिमेन्सियाबाट पीडित हुन्छन् । डिमेन्सियाबाट पीडित व्यक्तिको मनस्थिति पटकपटक परिवर्तन भइरहन्छ । यिनीहरू छिट्टै हैरान हुने र धेरैजसो उदास तथा दुःखी हुने गर्छन् ।

जब राष्ट्रसंघमा हिन्दी सुनियो

१९७७ मा जनता पार्टीको सरकारमा वाजपेयी विदेशमन्त्री थिए । उनलाई संसारको सबैभन्दा ठूलो मञ्चमा भाषण गर्ने मौका मिल्यो । वाजपेयीले हिन्दी भाषामा दिएको गर्विलो भाषण सकिँदा उपस्थित राष्ट्र संघका सबै प्रतिनिधिले तालीको गडगडाहटले उनको सम्मान गरेका थिए । उनले ‘वसुधैव कुटुम्वकम’ को अर्थ बुझाउँदै मानवअधिकार रंगभेदजस्ता गम्भीर विषयमा अर्थपूर्ण भाषण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा