Date: March 25, 2019

अमेरिकाको कर वृद्धिविरुद्ध चीनको उजुरी

१ भाद्र २०७५, शुक्रबार ०३:३८

बेइजिङ । अमेरिकाले सौर्य प्यानलमा गरेको कर वृद्धिविरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटिओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा कर वृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो । जनवरीमा घोषणा गरिएको सौर्य प्यानलको अमेरिकामा हुने आयातमा ३० प्रतिशत कर वृद्धिले अमेरिकी उत्पादकहरूलाई मात्र फाइदा पुगेको र यो डब्लुटिओको नियमविरुद्ध रहेको चीनको आरोप छ ।

चीनको वाणिज्य मन्त्रालयका अनुसार जेनेभास्थित डब्लुटिओको कार्यालयमा मंगलबार नै औपचारिक उजुरी दर्ता गरिएको छ । जुलाईमा ट्रम्प प्रशासनले घोषणा गरेको चिनीयाँ सामानमाथिको कर वृद्धिभन्दा यो भिन्न हो । अमेरिकी प्रशासनको विचारमा अमेरिकी प्रविधि हात पार्न चीनले अनेक नाजायज तरिका अपनाएको छ ।

जस्तै, प्रविधिको चोरी गर्ने वा प्रविधि हस्तान्तरण गर्न अमेरिकी कम्पनीमाथि दबाब दिने ।  सोलार प्यानलमाथि बढाइएको कर युरोपेली मुलुकहरू, क्यानाडा, मेक्सिको र दक्षिण कोरियामाथि पनि लागू हुनेछ । यसले अमेरिकी गठबन्धनका मुलुकलाई पनि चिढ्याएको छ ।

ट्रम्प प्रशासनले अमेरिकी उत्पादकहरूलाई संरक्षण गर्ने सोलार प्यानलको आयातमा कर बढाउनुको विकल्प नभएको बताउँदै आएको छ । अनुदान र अन्य अनुपयुक्त सहयोगका कारण विदेशबाट आयात हुने सोलार प्यानल अमेरिकामा सस्तो हुने गरेको अमेरिकी प्रशासनको दाबी छ।

अमेरिकी प्रशासनले डब्लुटिओको प्रावधानअन्तर्गत नभई सन् १९७४ को अमेरिकी कानुनबमोजिम यस्ता कदमहरू अगाडि बढाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार चिनियाँ व्यापारिक रणनीतिलाई सम्बोधन गर्ने क्षमता डब्लुटिओसँग पनि नरहेका कारण यस्तो कार्य गर्नुपरेको हो ।

चीनले आफूलाई डब्लुटिओको प्रावधानबमोजिम व्यापारिक प्रणाली अंगाल्ने राष्ट्रका रूपमा आफूलाई चित्रण गर्दछ । वासिंगटनका विरुद्ध युरोपेली र अन्य सरकारसँग गठबन्धन निर्माण गर्ने प्रयत्न पनि चीनले गरेको छ, तर चिनियाँ बजारमा प्रवेशका अवरोधको विषय पनि जटिल छ ।

युरोपेली युनियनले समेत बेइजिङले स्वतन्त्र–व्यापार प्रतिबद्धताको उल्लंघन गरेको भन्दै चिनीयाँ प्रविधि नीतिहरूको विरुद्धमा जुन महिनामा डब्लुटिओमा उजुरी दिएको छ । सौर्य प्यानलमाथिको अमेरिकी कर वृद्धि नीतिले चीनले व्यापारिक चासोलाई गम्भीर रूपमा नोक्सान गरेको र डब्लुटिओका नियमहरूको कार्यान्व्यनमा प्रश्न उब्जिएको छ, चीनको वाणिज्य मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • रोयल मिडिया प्रा.ली
  • सूचना बिभाग दर्ता प्रमाणपत्र
  • शुकेधारा, काठमाडौं नेपाल
  • ९८४३५२३८००
  • nepakhabar@gmail.com

अध्यक्ष

  • सुनील मल्ल ठकुरी

प्रवन्ध निर्देशक

  • प्रमेश डल्लाकोटी

सम्पादक

  • अनिल शिशिर

संवाददाता

  • टीकादत्त दाहाल
  • रामेश्वर बर्तौला
  • हरी ढुंगाना
  • रचना सिंह
  • मनु बुढाथोकी
  • पुजा सिंह ठकुरी
  • मिना मगर
  • उषा कुँवर थापा ‘अस्ट्रेलिया’
  • रिना राई (यूके)
  • प्रतिमा मल्ल ठकुरी
  • सबिना मल्ल ठकुरी

सल्लाहकार

  • आरके श्रेष्ठ पहारी ‘कोरिया’
  • रबि साही
  • यादव कुँवर

मल्टिमिडिया

  • कल्याण कुँवर

व्यवस्थापक

  • कविराज नेगी लामा